इटहरीः छाला र सौन्दर्यसम्बन्धी समस्याको निराकरणका लागि विशेषज्ञ डाक्टरसहितको सेवा इटहरीमा नै दिने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको स्वरा स्किनले दोश्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा क्लिनिकले कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । इटहरी तथा आसपासका एक सय ५० जनाले यो छुटको फाइदा लिएका छन् । यसका साथै क्लिनिकले दुई वर्ष पुगेको अवसरमा आइतबार ओ.पी.डी सेवा फ्रि गरेको छ । अन्य सेवा प्रदान गरिरहेको भए पनि क्लिनिकल कपाल प्रत्यारोपण सेवा आइतबारदेखि नै सुरु गरेको सञ्चालक अनिल यादवले जानकारी दिए ।
साथै उनले कपाल प्रत्यारोपणका लागि अब काठमाडौँ र अन्य ठाउँ धाउनु नपर्ने बताए । वार्षिकोत्सवका अवसरमा छाला, कपाल, नङ, कुष्ठरोग तथा सौन्दर्य रोगसम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गरिएको उनले जानकारी दिए ।