विराटनगरः प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ(फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । ‘कुनै सेटिङ(फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने । ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहनसमेत कार्यकर्तालाई भने ।
उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए । चुनाव वैशाखमै हुने दाबी दोहो¥याउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने बताए । -सेतोपाटीबाट