इटहरीः सुनसरीको इटहरीमा प्रधान कार्यालय रहेको पाथीभरा एड्भर्टाइजिङ सातौँ वर्षमा प्रवेश गरेको छ ।
मोफसलमा नै विज्ञापन आदानप्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको एड्भर्टाइजिङले नेपाली कांगेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा आफ्नो सातौँ वर्षिकोत्सव मनाएको हो । विगत दुई वर्षदेखि पाथीभरा एड्भर्टाइजिङसँगै पाथीभरा जव लिङ्क पनि सञ्चालन गरिरहेको सो कार्यालयले मोफसलका सञ्चार माध्यमलाई विज्ञापनसँगै रोजगारी दिनुका साथै रोजगारीदाताका लागि पनि विशेष सहयोग गरिहेको छ ।
सातौँ वार्षिकोत्सवको अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले मोफसलको सञ्चारमाध्यमहरुलाई विज्ञापन प्रदान गर्न अथक भूमिका खेलेको भन्दै आभार प्रकट गरेका थिए । यस्तै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले इटहरीमा युवा युवतिहरुलाई उचित रोजगारी प्रदान गर्न उल्लेख्य भूमिका खेलेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट कार्यसम्पादनको लागि शूभकामान व्यक्त गरे ।