विराटनगरः प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाले माघ २४ गते विराटनगरमा वृहत विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको अगुवाइमा विभिन्न ९ वटा व्यवसायिक संस्थाले विराटनगरको हाटखेलामा विरोध प्रर्दशनसहित सभा आयोजना गर्ने निर्णय भएको हो । मंगलबार बसेको संयुक्त बैठकले प्रतिगमन विरुद्धको आन्दोलनलाई सशक्त ढंगले आयोजना गर्ने निर्णय भएको बताइएको छ । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ र जिल्ला कार्यसमिति मोरङले कार्यक्रमको संयोजन गरेका छन् । यस विषयमा संघसंस्थाका प्रतिनिधिको राय सुझाव लिएर कार्यक्रम तय भएको नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ का अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइरालाले देवकोटा चौकबाट प्लेकार्ड र ब्यानरसहित निस्कने र्याली हाटखोलमा गई विरोधसभामा परिणत हुनेछ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल रहने छन् भने विशिष्ट अतिथि मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू रहने छन् ।