इटहरीः प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको २२ दिनमै पाँच जना सांसदहरुले प्रस्ताव फिर्ता लिएका छन् । प्रस्ताव फिर्ता लिने सांसदहरुमा पूर्वसामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, झापाका प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, मोरङकी वसन्तीदेवी यादव र उदयपुरकी प्रदेश सांसद कला घले रहेका छन् ।
प्रदेश सरकारको भौतक पूर्वाधार तथा योजना मन्त्रीबाट हटाइएका प्रचण्ड ओली पक्षीय सांसद इन्द्र आङ्बोको नेतृत्वमा गत पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा नेकपाका ६७ मध्ये ३७ जनाले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर गरेका सांसदहरुमध्ये कला घलेले आफूलाई अविश्वास प्रस्ताव दर्ता गर्र्नका लागि हस्ताक्षर संकलन गरिएको जानकारी नभएको भन्दै आफूले शेरधन राईलाई नै समर्थन गर्ने बताएकी थिइन् । ३७ सांसदमध्ये ३७ सांसद विपक्षमा उभिँदा विघटनको संघारमा पुगेको शेरधन राई नेतृत्वको प्रदेश सरकार पाँच जना सांसदले काँध थापेपछि तत्काललाई ढल्ने सम्भावना टरेको छ ।