इटहरीःसुनसरीको रामधुनी नगरपालिका चाँडै बालमैत्री बन्ने योजनाका साथ अगाडि बढेको छ । अहिलसम्म नगरमा २ वटा वडाहरु बालमैत्री बनिसकेका छन् । नगरको ५ र २ नम्बर वडा बालमैत्री घोषण भइसकेका छन् । यो सँगै अन्य वडालाई पनि बालमैत्री बनाउन नगरले कसरत सुरु गरेको छ ।
अहिले नगरले शिक्षा शाखाको समन्वयमा नगरभित्रका विद्यालय शिक्षा भन्दा बाहिर रहेका बालबालिकाको पहिचान र ति बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन विभिन्न कार्यक्रम तथा अनुगमन गरिहेको छ । तर, सोमबार नगरले गरेको अनुगमनकै क्रममा एक रोजक विषय बाहिर आयो । नगर शिक्षा साखा अधिकृत सहितको टोलिले नगरको ६ नम्बर वडामा अनुगमन गरेको थियो । अनुगमनकै क्रममा सोहि वडामा रहेको पञ्चायत आधारभूत विद्यालयका व्यावस्थापन समिति अध्यक्ष र शिक्षक नै बालमैत्री स्थानीय शासनका सुचकबारेअनविज्ञ भएको पाइएको छ ।
एक अनुगमनकर्ताका व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी राजधामीलाई ‘तपाईँलाई बालमैत्री स्थानीय शासनका सुचकको बारेमा थाहा छ ?’ केहि झण मौन बन्दै राजधामीले इसारामा नै थाहा नभएको प्रतिक्रिया दिए । त्यसपछि सोहि अनुगमनकर्ताले विद्यालयकी एक शिक्षिकालाई बोलाएर सोहि प्रश्न गरे । शिक्षिकाले पनि राजधामीकै झै आफूलाई यसको बारेमा केहि थाहा नभएको जवाफ दिइन् । त्यसपछि विद्यालयले बालमैत्री बनाउन खासै प्रयास नगरेको स्पष्ट देखियो । विद्यालय अनुगमनबाट बालमैत्रीका लागि आवश्यक केहि सुचक पुरा भए पनि धेरै जसो सुचकमा मेहनतका साथ काम गर्नुपर्ने देखियो ।