दुहबीः मोरङको बुढीगङ्गा –२ मा रहेको मधुग्राम विद्यालयमा २ सय १३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

अनेम सङ्घ प्रदेश कमिटीको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरमा ४३ जनामा मोतियाबिन्दु भेटिएको आयोजकले जनाएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

मोतियाबिन्दु भएका ४३ जनाको निःशुल्क अपरेशन गरिने आयोजकले जनाएको छ । शिविरमा प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित रहेका थिए । कार्यक्रमको औचित्यमाथि महिला नेतृ रीता न्यौपानेले प्रकाश पारेकी थिइन् । बलराम माझीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।