इटहरीः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री आफै संसद विघटनबारे अस्थीर भएको आरोप लागएका छन् । सुनसरीको इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीले सुरुमा आफ्नै पार्टीबाट असहयोग भएको भन्दै प्रतिनिधि सभा विघटन गरेको प्रतिक्रिया दिने गरेको तर अहिले कुरा फेर्ने गरेका भन्दै यादवले प्रधानमन्त्री आफैले गरेको नियर्णमा अस्थिर भएको बताएका हुन् । उनले पार्टीले असहयोग गरेका भनेर प्रधानमन्त्रीले गरेको टिप्पणी गलत भएको बताएका छन् । संसदमा बजेट र विधियक पास पार्टीकै सहयोगमा भएको स्मरण गराउँदै यादवले पार्टी भित्र सानो विवाद आउनु स्वाभाविक भएको बताएका छन् ।

त्यसपछि प्रधानमन्त्रीले यसलाई संवैधानीक अधिकार नै हो भनेर प्रतिक्रिया दिएको र हाल आएर उहाँले संसद विघटन आफ्नै राजनैतिक अधिकार भएको भन्ने गरेको बताए । त्यसैले प्रधानमन्त्रीले गरेको निणर्यमा स्वयम अनविज्ञ भएको यादवले बताए । साथै यादवले प्रधानमन्त्रीकै भनाइबाट संसद विघटन संवैधानीक नभएको पुष्टि भएको बताए । यादवले संसद विघटन भएपछि सरकार काम चलाउ हुनुपर्नेमा प्रधानमन्त्रीले पुनः संसद विघटन गर्नु दुखद भएको बताएका छन् । त्यसैले जसपाले देशव्यापि आन्दोलन तथा विरोधाका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।