इटहरीः नगर बाल सञ्जाल इटहरीले बालमैत्री स्थानीय शासनसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कोशी सेन्ट जेम्स कलेजको सभा हलमा नगर बाल सञ्जालले कार्यक्रमा गरेको हो । कार्यक्रममा नगर बाल सञ्जालको नब गठित कार्यसमितिलाई कार्यक्रममा सहभागि गराइएको थियो । सहभागीहरुलाई बालबालिका र बालमैत्री स्थानीय शासनसम्बन्धी, बालअधिकार महासन्धी र बालबालिकासम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था कार्यसमितिको काम, कर्तव्य, बालअधिकारसम्बन्धी इतिहास बारेमा जनकारी गराइएको हो । साथै, नवगठित कार्यसमितिको पहिलो बैठक पनि सम्पन्न भएको छ ।
सोही कार्यक्रममा पूर्वकार्यसमितिलाई बालबालिकाको क्षेत्रमा उत्कृष्ट काम गरेकोमा कदरपत्रले सम्मान गरिएको छ । नवकार्यसमितिको पहिलो बैठकबाट भावी कार्ययोजना निर्माण गरिएको नगर बाल सञ्जाल इटहरीका अध्यक्ष पवनकुमार बिष्टले जानकारी दिए । सञ्जालका सल्लाहकार तथा बाल अधिकारकर्मी मानवराज बरालले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।