इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ भेटघाट चौक निवासी सीताकुमारी वस्ति विगत ७ वर्षदेखि मृगौलाको समस्याबाट पीडित छिन् । ४७ वर्षीय उनका दवै मृगौलाले काम गर्न छोडेको हो । उनले आफू ७ वर्षदेखि मृगौलाको समस्याबाट पीडित भएको बताइन् । सामान्य रुपमा हिँडडुल र काम गर्दै आएकी वस्ति दसँैयता त झन् ओछ्यानमै थाला परेकी छिन् । शौचालय जान र ओछ्यानमा बस्नबाहेक उनी केही गर्न सक्दिनन् । पारिवारिक अवस्था ७ वर्ष पहिला राम्रै थियो तर उनी बिरामी परेपछि हाल परिवारमा पनि समस्या देखिएको छ । उनको उपचारको लागि परिवारले हदैसम्म गरेका छन् । उनकै उपचारको लागि परिवारले घरै नै बैँकमा धितो राखेका छन् । आफ्न्त र नातागोतामा सहयोग लिँदै उपचार गर्दै आएका उनीहरुको अब हात थाप्ने बाटो पनि हराएको परिवारको भनाइ छ । स्वयम सीता पनि आफ्नो माइति र परिवारले आफूलाई बचाउन हदैसम्म प्रयास गरेको तर त्यति गर्दा पनि आफ्नो उपचार सम्भव नभएको बताउँछिन् ।
उनको नेपालमा उपचार गर्दा समस्या समाधान नहुने र भारतमा गएर उपचार गर्न डाक्टरले सल्लाह दिएपछि भारतमै उपचार हुँदै आएको थियो । तर, आर्थिक अभावका कारण अहिले उनी ओछ्यानमै बस्न बाध्य भएकी छिन् ।

परिवारका अनुसार विगत तीन वर्षदेखि उनलाई भारत लगेर उपचार गर्न सकिएको छैन । भारतमा उपचार गर्दा उनको अवस्था सामान्य हुँदै गएको तर तीन वर्षदेखि आर्थिक अभावका कारण उपचारमा लैजान नसक्दा अवस्था झन् जटिल भएको परिवारको भनाइ छ । गहभरि आँसु पार्दै सीताले आर्थिक अभावकै कारण एक महिनादेखि औषधिसमेत खान नपाएको बताइन् । साथै यही बिरामीका कारण उनी डिप्रेसनमा समेत गएकी छिन् । आफूले धेरै पटक आत्महत्याको प्रयास गरेको तर परिवारको मायाले मर्न नसकेको सिता बताउँछिन् ।
परिवारका अनुसार अहिले उनले डिप्रेसनको औषधि पनि दिनहुँ सेवन गर्दै आएकी छिन् । उनका दुई छोरा छन् । एक छोरा भरखरै मात्र एक संस्थागत विद्यालयमा शिक्षक भएका छन् । उनको आयले परिवारलाई खान लाउन पनि धौधौ छ । वैदेशिक रोजगारीमा गएका उनी कोरोना महामारीले रोजगारी नै गुमाएर घर फर्किएका थिए । यसले परिवारलाई झन् समस्या भएको छ । परिवारले लामो समयसम्म आफूहरुले सीतालाई बचाउन प्रयास गरेको र कसैसँग सहयोगको आपिल नगरेको बताएको छ । तर, अहिले आएर परिवारिक स्तरबाट उनको उपचार गर्न नसक्ने भएकाले सबैसामु सयोगको याचना गरको परिवारको भनाइ छ । परिवारले उनलाई सहयोग गर्न सबैलाई अपिल गरेका छन् । सीतालाई ९८१९०४८९०४, ९८४२०३७४१०, ९८०७०२२६०४ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ । त्यस्तै एनआइसी एसिया बैँक इटहरीमा रहेको सीताकुमारी वस्तिको खाता नम्बर २५४४१५०९९२३२७००१ मा रकम जम्मा गरेर पनि उनलाई सहयोग गर्न सकिने छ ।