धरानः धरानबाट सञ्चालित मितेरी विकास बैंकको १३ औं वार्षिक उत्सवको अवसरमा धरान–३ स्थित सरस्वती बालआश्रममा आश्रित बालबालिकाहरूलाई दशैंको कपडा वितरण गरिएको छ ।

आश्रममा आश्रित २५ जना बालबालिकाहरूलाई शनिबार बैंकले दशैंको कपडा वितरण गरेको हो । नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैंकका कार्यकारी प्रमुख तुलसी वस्ती, सञ्चालक समिति सदस्यहरू किसन मास्के, सरोज श्रेष्ठलगायतले बालबालिकाहरूलाई कपडा वितरण गरेका थिए ।

कार्यक्रममा निरौलाले नेपाल राष्ट्र बंैकले बंैकहरूलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत केही रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने नीति लिएअनुसार त्यसैको प्रतिफल देखिन थालेको बताए । बैंकको यो कार्यप्रति खुशी व्यक्त गर्दै उनले धन्यवाद दिए ।

बैंकका कार्यकारी प्रमुख वस्तीले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रित बालबालिकाहरूलाई कपडा वितरण गरिएको बताए । आश्रित बालबालिकाको क्षेत्रमा सानो भए पनि काम गर्न पाएकोमा वस्तीले खुशी व्यक्त गरे । बैंकले जनताको सुख दुःखमा यसरी नै सेवा गरेर अघि बढिरहने उनले बताए ।

miteri bank birthday  (12)

कार्यक्रमको अन्त्यमा बैंकले केक समेत काटेको थियो । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड निक्षेप सङ्कलन गरेको छ भने ३ अर्ब १२ करोड कर्जा सङ्कलन गरेको जनाएको छ ।

miteri bank birthday  (2) miteri bank birthday  (9) miteri bank birthday  (4)