इटहरीः इटहरीको बीपी चोकमा सुविधायुक्त क्याफे सञ्चालनमा आएको छ । युवा व्यवसायी हेमन्त सोमानीले उक्त क्याफे सञ्चालनमा ल्याएका हुन् ।
इटहरी निवासी सोमानीले भारतमा उच्च शिक्षा अध्ययन गरी फर्केर व्यवसाय शुरु गरेका हुन् । एक वर्ष अघि इटहरी फर्किएका उनले करिव ३ महिनाको रिसर्च गरेर इटहरीमा क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए । ‘बढ्दो शहरीकणका लागि क्याफे पनि अभिन्न पाटो हो’, उनले भने, ‘युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्याफे संस्कृतिलाइ ‘एस टु’ ले थप मद्दत पुर्याउँछ ।
उनले करिब ५० लाखको लागतमा क्याफे सञ्चालन गरेको जानकारी दिएका छन् । इटहरी क्षेत्रभित्र पाइने क्याफे तथा रेस्टुरेन्टमा पाइने भन्दा केही भिन्न परिकार राखेको समेत उनले जानकारी दिएका छन् । प्रायः इण्डियन फुुड आइटमप्रति उपभोक्ताको रुचि बढेको पाइएका कारण आफूले पनि सोहीअनुसारका स्पेसल परिकार क्याफेमा राखेको सोमानीले बताए ।
शान्त वातावरणको निर्माण गरिएको भन्दै एकान्त खोज्ने जो कोहीका लागि उक्त क्याफे उपयुक्त हुने उनले तर्क गरे । ‘दिनभरको थकान मेटाउन होस् या केही समय गफ गर्नका लागि, जो कोहीलाई यो क्याफे पर्याप्त छ,’ सोमानीले भने ।
स्पेसल कफीको विविधता क्याफेको अर्को विशेषता भएको पनि उनले बताए । होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेका दक्ष जनशक्तिले सेवा प्रवाह गर्ने भएको हुँदा सरसफाइ र खाद्य सुरक्षामा पर्याप्त ध्यान पुु¥याइएको सञ्चालकले जानकारी दिएका छन् । क्याफेमा ९ जना व्यक्तिले रोजगारी पाएको पनि उनले बताए ।