इटहरीः मोरङको बेलबारी नगरपालिकामा बिहीबार बेलबारी र सुनसरीको दुहबी नगरपालिकाबीच अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाले हालसम्म न्यायिक क्षेत्रमा गरेका असल र सफल अभ्यासको सिकाइ र अभ्यास आदानप्रदान गर्ने उद्देश्यले दुहबी नगरपालिकाको र बेलबारीको टोलीसहित उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले नगरपालिकाले गरेका गतिविधिहरु प्रष्ट पार्दै जनप्रतिनिधिहरु विधि र पद्धति अनुरुप इमानदार भएर समृद्धिको लागि लागिरहनुपर्ने बताए ।

बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले साढे तीन वर्षको अवधिमा आम विकास निर्माणका कामसँगै नगरपालिकाको न्यायिक समितिले एक हजार आठ सय मुद्दाहरु किनारा लगाइसकेको बताइन ।