खोटाङः महिला सशक्तिकरणको लागि सीप तथा व्यावसाहिक क्षमता विकाससम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको महिलासँग उपप्रमुख कार्यक्रमअन्तगर्त महिला सशक्तिकरणको लागि सीप तथा व्यावसायिक क्षमता विकाससम्बन्धी पाँच दिने तालिम सुरु भएको हो । बिहीबार नगर उपप्रमुख विणादेवी राईको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारयण रिजालले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दैँ नगर प्रमुख रिजालले भने, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि महिलासगँ उपप्रमुख कार्यक्रमअन्तगर्त महिलाहरुलाई लक्षित गरी यो आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजित गरेर महिलाहरुको क्षेत्रमा बिभिन्न आयमूलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ ।’ त्यस्त,ै उपप्रमुख विणादेवी राईले भनिन्, ‘महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत नगरको आर्थिक सहयोगमा बाख्रापालन, बंगुरपालन, तरकारी खेति र अन्य व्यवसाय गरेर सयांै महिलाहरु आत्मनिर्भर भएका छन् । तालिममा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मन्दिरा घिमिरेले प्रशिक्षण दिएकी थिइन् भने २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।