बेलबारीः शहरमा मात्रै होइन, शहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटल खुल्ने क्रम बढिरहेको छ । ग्राहकहरूलाई सेवा दिनका लागि दिनप्रतिदिन एसी, वाइफाइसहितका होटलहरू खुलिरहेका छन् । तर होटलहरूमा दक्ष जनशक्तिको भने अभाव देखिएपछि बेलबारी नगरपलिकाले दिएको तालिम सकिनासाथ केही प्रशिक्षार्थीले जागिर पाएका छन् ।

१ महिने तालिम लिएका केही प्रशिक्षार्थी अहिले रोजगारीमा लागेका छन । होटलमा काम गर्ने दक्ष जनशक्ति भारतबाट बोलाउनुपर्ने अवस्थाको अन्त्य हुन थालेको होटल व्यवसायी सङ्घ बेलबारीका अध्यक्ष मोहन पोख्रेलले बताए ।

विभिन्न विद्यालय तथा कलेजहरूले होटल म्यानेजमेन्ट पढाइरहे पनि दक्ष जनशक्तिको भने अभाव कायमै रहेको भन्दै नगरपालिकाले भदौ २१ गतेदेखि १ महिने तालिमको आयोजना गरेको थियो । सो तालिम लिने ६ जनाले रोजगारी पाएका छन् । आरटिआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजम इटहरीले बेलबारी नगरपालिकाको सहयोगमा ३० जनाभन्दा बढी प्रशक्षार्थीलाई तालिम दिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।

ती ६ जना प्रशिक्षार्थीले विराटनगर, इटहरी र बेलबारीका होटलमा रोजगारी पाएको आरटिआरकेका प्रबन्ध निर्देशक प्रेम तुम्बापोले बताए ।