इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ ।
३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्ताव हिजो मात्र मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजना मन्त्रीको पदबाट हटाइएका प्रचण्ड( माधव पक्षका प्रदेश सांसद इन्द्र आङ्बोको नेतृत्वमा दर्ता भएको छ ।
आङ्बो नै अविश्वास प्रस्तावका प्रस्तावक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । अविश्वास प्रस्ताव दर्ता भइसकेको र प्रदेशसभामा केपी शर्मा ओली पक्षको सदस्य संख्या कम रहेको हुँदा ओलीकै खेमामा रहेका मुख्यमन्त्री राई पदबाट हट्ने लगभग निश्चित देखिएको छ ।