खोटाङः भाडाको घरमा सञ्चालन हुँदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ ।
 
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालयनजिकै निर्माण गरिएका चार तला भएको १९ कोठे सुविधासम्पन्न प्रशासनिक भवनमा नगरपालिकाले बिहीबारदेखि दैनिक कामकाज सुरु गरेको हो । तत्कालीन जिल्ला प्राविधिक कार्यालयका लागि निर्माणाधीन भवन देशमा सङ्घीयता लागु भएसँगै उक्त प्राविधिक कार्यालयले बीचैमा छोडेर गएपछि नगरपालिकाको तर्फबाट बाँकी निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारयण रिजालले भने, `हामी निवाचित भएर आएपछि नगरको भवन नभएकाले भाडाको घरमा नगरपालिका सञ्चालन गर्दा वार्षिक १६ लाख ८५ हजार भाडा तिदँै आएका थियौँ।` अब आफ्नै भवन भएपछि नगरले भाडामा तिर्ने १६ लाख ८५ हजार रुपैयाँ बजेटले अब नगरपालिको विकासमा लगानी गर्ने मेयर रिजालले बताए । रिजाललको अनुसार साविक गाविसको चार वटा भवन भएकाले त्यस्तैमा ४ वडा कार्यालयको भवन सञ्चालन हुँदै आएका छन् । बाँकी रहेको ११ वटा वडा कार्यालयको भवनमध्येै दुई वटा वडा कार्यालयको भवन निमार्ण सम्पन्न भएर सञ्चालनमा आइसकेको र नौ वटा भवन केहि महिनामा निमार्ण सम्पन्न भएर सञ्चालनमा आउने रिजालले बताए । प्रशासनको जग्गामा निर्माण गरिएका नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक कार्यालय भवन प्रतिनिधिसभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले उद्घाटन गदैँ खोटाङ जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा नमुना काम गर्न सफल जिल्लाकै उत्कृष्ट नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गरेका छन् ।
 
भट्टराईले भने, `सडकमा निस्केर सरकारले केही काम गरेन भन्ने केही मानिसलाई नगरपालिकाले जवाफ दिएको छ । विकास भनेको कस्तो हुन्छ जिल्लाको ७९ वटै वडामा सडक पुर्याएर यातायताको पहुँच पुगेको छ देशकै ठूलो गौरवको आयोजना दुधकोशी हाइडोपावर केही समयमै निमार्ण सुरु हुने भएको छ । ` खोटाङमा ३४ वटा पक्कीपुलहरु धमाधम निमार्ण भइरहेको भट्टराईले बताए । नगरपालिकाले भवन निर्माणका लागि एक करोड १६ लाख रुपैयाँको लागतमा बोलपत्र आव्हान गरेकोमा निर्माण कम्पनी शिव खिम्ती कन्ट्रक्शन प्रा।लि।ले घटाघटमा रु. ८९ लाख ६१ हजारमा निर्माण सम्पन्न गरेको जनाइएको छ । निर्माण कम्पनीले सम्झौता मितिभन्दा दुई महिनाअगाडि नै सम्पूर्ण निर्माणको काम सम्पन्न गरेर नगरपालिकालाई बिहीबार नै चाबी हस्तान्तरण गरेको हो ।
 
तत्कालीन प्राविधिक कार्यालयको ८४ लाख खर्च भएको उक्त प्रशासनिक भवन निर्माणमा १ करोड ८८ लाख ६१ हजार रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए । आठ वटा शौचालय, चारवटा वाथरुम र खानेपानीको समेत व्यवस्था रहेको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य शाखाबाहेक सम्पूर्ण शाखा सञ्चालनमा ल्याइएको छ । वार्षिक रु १६ लाख ८५ हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको नगरपालिका आफ्नै प्रशासनिक भवनमा सरेपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्षपछि नगरपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।
131060725_844317502780469_3283142657249274946_n 1
131073779_413137323214505_3621350463142299402_n
131166924_1075020579615080_6245734996005432697_n
 
130865235_153261906163717_4484423659974332803_n 1