बेलबारी: बेलबारीका दुई जना व्यवसायीले एक सामुदायिक विद्यालयलाई १ थान कम्प्युटर प्रदान गरेका छन् ।
बाबुराम चौधरी तथा नरबहादुृर माझीले बेलबारी–९ मा रहेको ज्ञानोपार्जन आधारभूत विद्यालयलाई १ थान कम्प्युटर प्रदान गरेका हुन् ।
उनीहरूले सोही वडाका ज्येष्ठ नागरिकहरूलाई जाडोका लागि न्यानो कपडा र दोसल्ला पनि प्रदान गरेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण दिनप्रतिदिन घटिरहेको हुनाले त्यसलाई रोक्न सहयोग गरेको चौधरीले बताए ।
‘निजी विद्यालयमा दिनप्रतिदिन पठनपाठन प्रविधिमैत्री भइरहेको छ’, व्यवसायी माझीले भने, ‘एउटा कम्प्युटरले विद्यार्थीको आकर्षण थप्न सक्छ भन्ने विश्वासका साथ कम्प्युटर दिएका हौँ ।’