खाँदबारीःखाँदबारी नगरपालिका–९, मुग्लिङ्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मृत्यु हुनेमा खाँदबारी नगरपालिका १, चाँदनी चोकका २५ बर्षका दिवस राई रहेका छन्, उनको मनकामना हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तुम्लिङ्गटारबाट खाँदबारीतर्पm आँउदै गरेको को २ च ४३ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आईरहेको ना ४५ प २०७० नम्ब्रको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोष कुमार बुढाथोकीले जानकारी दिएका छन् ।
घाईते भएका २७ बर्षका मनोज सुनार राईको मनकामना हस्पिटमा उपचार भईरहेको छ । ठक्कर दिएर ट्याक्टर चालक फरार भएका छन्, उनको खोजी भईरहेको प्र।नि। बुढाथोकीले बताए ।