बेलबारीः बेलबारीमा लैङ्गिक हिंसा निवारण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम महिला जनप्रतिनिधिलाई हरेक वडामा अभियन्ताको रुपमा काम गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन्।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा अधिकारीले महिला हिंसा अन्त्यका निम्ति महिलामात्र सचेत भएर नपुग्ने सिङ्गो समाज लाग्नुपर्ने र कानुन कार्यनयनमा जोड दिनुपर्ने बताइन्।
कार्यक्रमका विशिस्ट अतिथि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महिला हिंसा अन्त्यका निम्ति घर घरबाटै परिवर्तन सुरु गर्नुपर्ने भन्दै जन्मदर्ता, विबाहदर्ता,नागरिकता प्राप्ती जस्ता विषयमा पनि पुरुषका तुलनामा महिला नै विभेदमा परेको र आफूले सकेसम्म सहजीकरण गरिरहेको र गरिरहने बताए। कार्यक्रमना अधिवक्ता रुक्मिणा दाहालले कानुनका विषयमा प्रस्तुतिकरण गरेकी थिइन्।

130741732_432899807711491_6597261535392159445_n
समाजमा महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै गलत र दोषी देख्ने सामाजिक परिवेश अहिले पनि जीवित छ। हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच सुनिश्चितता नभएसम्म महिला हिंसामुक्त समाजको कल्पना गर्न सकिँदैन।अझै यहाँको समाज परम्परागत कुसंस्कारले जकडिएको छ। केही महिलाहरुको राजनीतिक, आर्थिक तथा सामाजिकस्तर उठेको भएपनि आम महिला हिंसाग्रस्त जीवन व्यतीत गर्न बाध्य छन्। विभेदलाई समाजले निर्माण गरेको हो । प्रकृतिले बनाएको भेदको फेरो समाएर विभेद सिर्जना गरिनु मानवविरुद्धको कार्य हो।
हामीले व्यवस्था परिवर्तन गर्यौँ यतिले पुगेन अझ अवस्था र व्यवहार परिवर्तन गर्न बाँकी छ।अब त्यसका लागि बर्षमा एकदिन होइन बर्षभरि नै हिंसाविरुद्धका अभियान संचालन गर्छौँ-उपप्रमुख पराजुलीले भनिन्।कार्यक्रममा बेलबारीका सामाजिक अभियन्ता,महिला उद्धमी एवम् अभियन्ता र एक दर्जनभन्दा बढी पत्रकारहरुलाई हिंसा विरुद्धको अभियानमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएकोमा सम्मान गरिएको थियो।

130602530_1870332283117723_6585956355316891492_n