इटहरीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सस्थापन पक्षका युवा तथा बिद्यार्थी नेताहरुले सुनसरीको बराहक्षेत्रमा हिजो भेलाको आयोजना गरेका छन । पार्टीमा देखिएको चरम गुटबन्दिको बिरुद्ध एकजुट भएर प्रतिबाद गर्ने र कित्ताकाट गरेर लाग्न भन्नेको सशक्त प्रतिबाद गर्ने भेलाले निष्कर्ष निकालेको छ ।

भेलामा राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज देवानन्द मेहेता,केन्द्रीय सदस्य प्रल्हाद बस्नेत,नेताहरु रुपेश बस्नेत ,टीका घिमिरे, होमनाथ धमला, अनेरास्ववियु सुनसरी संयोजक जीवी गजल संगै रोसन रेग्मी,प्रशान्त पाठक ,ऋषि नेपाल,गायत्री लम्साल लगायतको उपस्थिती थियो।
पार्टी सङ्गठनमा युवाको उपस्थिती कमजोर पारिएको हुदा युवा बिद्यार्थीको भुमिका सशक्त र हस्तक्षेपकारी बनाउन सबै लागिपर्ने र सोही अनुसार रणनिती बनाउने नेताहरुको भनाइ रहेको थियो । भेलामा ४० जनाको सहभागिता थियो ।

 

127634417_498035784448740_2555122132419939930_n