मोरङः मोरङको पथरीशनिश्चरे नगरपालिका मंसिर अन्तिम साताबाट फुटबल मय हुदैछ ।पथरीशनिश्चरे नगरलाई यसरी फुटबलमय बनाउन पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटि लागिरहेको छ ।

यो कमिटीले आगामी मंसिर २५ गतेबाट फुटबलको इतिहासमा नयाँ आयाम थप्दै पहिलो पटक ‘लिग कम नकआउट’ प्रतियोगिता गराउदैछ । प्रतियोगिता पथरीशनिश्चरे नगरपालिका—१ जाँतेमोड स्थित ‘पथरी रंगशाला’मा हुँदैछ ।

प्रिमियर लिगको लागि आयोजक समितिले ८ वटा टिम छनौट गरेर दर्ता गरिसकेको छ । प्रतियोगिता प्रतिष्प्रर्धा होस भन्ने उदेश्यले एक एक जना मार्की खेलाडी गोला प्रथाको आधारमा आयोजकले नै क्लवहरुलाई दिएका छन् ।
खेलको पहिलो लिग चरणमा ‘ए’ पोलबाट हिमा।अस। हाइवे एफ।सी।, शिखर एफ।सी।, हेरिका न्यु स्टार एफ।सी।, सिरिजंङ्गा एफ।सी।को प्रतिष्प्रर्धा हुनेछ ।

यसैगरी ‘बी’ पोलमा १० नबोदय एफ।सी।, देविगंञ्ज एफ।सी।, वाइ।जी।एफ।टी। र द रियल ब्रोदर्श एफ।सी। भिड्नेछन् । दुवै टिमबाट उच्च अंक ल्याउने दुई दुई टिम नकआउट चरण भिड्नेछन् ।

त्यस बाहेक ८ टिममा १ सय ४४ जना खेलाडी अक्सन मार्फत् क्लवले लिएर तालिम गराइरहेका छन् ।लिग जित्न हरेक क्लवले टिम कोच नियुक्त गरेर प्रशिक्षण ९क्लोज क्याम्प० सुरु गरिसकेका छन् । हिमा।अस। हाइवे फुटबल क्लवले रुपेश तामाङलाई कोचको भूमिका दिएका छन् । यो टिममा मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडी मैदानमा उत्रिने छन् ।

शिखर फुटबल क्लवमा सुजन बस्नेतले कोचको भूमिका निर्वाह गर्नेछन्् । यो टिमबाट चन्द्रप्रसाद लिम्बू, दिलिप धिमाल लगायतका खेलाडीहरु रहेका छन् । हेरिका न्यु स्टारमा बिरोज मगर कोच रहेका छन् भने मिन धिमाल, भविन धिमाल, विशाल दर्लामी मगर लगायत मैदानमा उत्रिने छन् ।

सिरिजंङ्गा फुटबल क्लवमा सन्त आङ्देम्बेले कोचको भूमिका निर्बाह गरिरहेका छन् भने शुवाष तामाङ, मन्जिल खड्का, सनम धिमालको टिम मैदानमा उत्रिने छन् ।

१० नवोदयमा साजन काङ्बा कोच रहेका छन् । अर्जुन बस्नेत सेनेहाङ लिम्बू, संजिव कुरुम्बाङ लगायतको टिम मैदानमा उत्रिने छन् । देविगंञ्जले मदन राईलाई कोचको रुपमा खटाएको छ । यो टिममा सन्तोष न्यौपाने, दीपक राई, युकेश तामाङ लगायतका खेलाडी रहने छन् ।

वाइ।जी।एफ।टी।मा कोचको भूमिका जोन सुब्बाले गरिरहेका छन् भने मन्दीप धिमाल, निर्मल एङ्देन, चेतन खतिवडा मैदानमा उत्रिने छन् । द रियल ब्रोदर्श टिमको कोच सागर कार्कीले गरिरहेका छन् भने तिर्थराज बस्नेत, अनिलकुमार चुडाल, विशाल पाण्डे लगायतका खेलाडी यहाँ रहने छन् ।

पहिलो लिग जित्न ८ वटै टिमले आफ्ना खेलाडीहरुलाई क्लोज क्याम ९प्रशिक्षण० सुरु गरिरहेको छ । त्यसका लागि पथरी शनिश्चरे नगरपालिकामा रहेको ५ वटा खेल मैदानमा विहान बेलुका गरी समय मिलाएर खेलाडीहरु अभ्यारत छन् ।

पथरी रंगशालामा हिमा।अस।हाइवे टिमले तालिम गरिरहेको छ । १० नम्बर वडाको जिरिखिम्तीमा द रियल ब्रोदर्श र वाइजीएफटी टिमले बिहान बेलुका समय मिलाएर अभ्यास गरिरहेको छ । १० कै ऐयाबारी खेल मैदानमा शिखर र १० नवोदय फुटबल क्लवले प्रशिक्षण गरिरहेका छन् ।

यसैगरी देविगञ्ज र सिरिजंङ्ग फुटबल टिमले समय मिलाएर वडा नं। २ को गोलचौरी खेल मैदानमा तालिम दिइरहेका छन् । हेरिका न्यु स्टारले किर्तिपुर खेल मैदान अभ्यास गरिरहेको छ ।

नगरपालिका जस्तो सानो ठाउँमा फुटबल लिग गराउनु चुनौतीको बिषय हुँदै हो । त्यसमा लगानी गरेर खेलाडि लिनु परिहल्यो ।पहिलो लिगमा भिड्ने ८ वटा टिम मध्ये देविगंञ्ज फुटबल क्लवमा बिरेन साँम्बा र भरत राई, शिखरमा प्रदिप फुयल र युवराज रायमाझी, सिरिजंङ्गा फुटबल क्लबमा मनोज आङ्बुहाङ्ग लिम्बु, वाइ।जी।एफ।टी।मा नवीन ढकाल र रुबिन लावतीले क्लवको नेतृत्व गरिरहेका छन् ।

यसैगरी हेरिका न्यु स्टारमा रोहित बास्तोला र दिवस खजुम, १० नवोदयमा संजय राई र साजन काङ्बा, हिमा।अस।हाइवे क्लबमा उज्जव बस्नेत र कैलाश श्रेष्ठ लगायतले नेतृत्व गर्दै आएका छन् । यस्तै द रियल ब्रोदर्शमा संजोक चाम्लिङ राई र अर्जुन राईले प्रतिनिधित्व गर्दै आएका छन् ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग गराउन संजिव गिरीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएर क्रियाशिल रहेको छ ।समितिको सहसंयोजकमा बिक्की राई, सचिवमा मणि लुम्फुवा, कोषाध्यक्षमा नामिहाङ्ग राई रहेका छन् । सदस्यहरुमा दीपक पुलामी मगर, दीपक राई, भक्त राई, सुमन कुरुङ्बाङ्ग र रोशन मादेम्बा रहेका छन् ।

आयोजक समितिले मोरङ जिल्ला फुटबल संघमा मंसिर ७ गते ११ नम्बर क्लव दर्ता गरेर फुटबल खेलाउने अनुमति ल्याएर लिग सफलताको लागि सक्रिय रहेका छन् । लिग च्याम्पियन क्लवले १ लाख ७५ हजार, दोस्रो हुनेले ७५ हजार, ट्रफी र प्रमाण–पत्रहरु प्राप्त गर्नेछन् ।