इटहरीः भ्वोइस अफ चिल्ड्रेन सुनसरीमा बालबालिकासँग मानोसामाजिक छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय बाल दिवस २०२० को आवसरमा नगर बाल सञ्जाल इटहरी र इटहरी उपमहानगरपालिकाको आयोजनामा सो कार्यक्रम भएको हो । ‘विपदमा बाल आधिकारको सुनिश्चितता, हामी सबैको सझा प्रतिवद्धता भन्ने नाराका साथ सो कार्यक्रम गरिएको हो ।
विशेष गरि सडक बालकालिकाको क्षेत्रममा विगत लामो समयदेखि काम गर्दै आएको भिओसीमा सडक बालबालिकालाई लक्षित गरेर सो कार्यक्रम गरिएको हो । भिओसी सुनसरीका अध्यक्ष भरत थापाले सडकबाट उद्धार गरिएका बालबालिकाको मानोसामाजिक विकासको लागि कार्यक्रम गरीएको जानकारी दिए । उनले मानोसामाजिककर्तालाई नै बोलाएर कार्यक्रम गरिएको जानकारी दिए ।
नगर बाल सञ्जाल इटहरीका सह–सचीव मानव राज बरालले सडकबाट उद्धार गरिएका बालबालिकाहरुलाई सामाजिक रुपमा पुर्नस्थापना गर्नको लागि कार्यक्रम गरिएको जानकारी दिए । सो कार्यक्रममा सडकबाट उद्धार गरीएका २० भन्दा बढि बालबालिकालाई मानोसामाजिक परार्मश दिइएको थियो । कार्यक्रममा बालबालिकाले आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए ।