इटहरीः सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले गत २० गते बिहिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट सार्वजनिक सवारी साधन बन्द गर्ने बताएको थियो । सम्मेलनामा महासंघले तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको थियो । तर महासंघको निर्णयलाई स्वयम सार्वजनिक यातायात व्यवसायीले नै अवज्ञा गरेका छन् । आज अर्थात आइतबार इटहरीबाट विभिन्न ठाउँमा जाने सार्वजनिक यातायात तथा अन्य ठाउँबाट इटहरीमा आउने यातायात निर्वाद रुपमा चलिरहेका छन् ।
पुर्वी पहाडि जिल्लाहरु संखुवासभा, भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटा लायता जिल्ला जाने यातायातका साधन ९बस, बुलेरो, ल्याण्डरोबर० विहानै धरान लाइनमा जम्मा हुने गरेका छन् । आइतबार एकाविहनै इटहरीको धरान लाइनमा यातायातका साधन तथा यात्रुहरुको भिड अरुबेलाको जस्तै थियो । सवारीका चालकहरु ग्राहक तानातानमा व्यस्त थिए भने ग्राहक पनि आवश्यक सामान खरिद र सिट ओडट् व्यस्त देखिन्थे । इटहरीका अन्य ठाउँहरु ः विराटनगर स्टेन, पुर्व स्टेन र बसपार्कको दृश्य पनि धरान लाइनको जस्तै देखिन्थ्यो ।
यो दृश्यले महासंघको निर्णयलाई धज्जी उडाएको छ । व्यवसायीले नै महासंघ निर्णय नमान्नाले यातायात व्यवसायी र महासंघविच आपसी समझदारीमा दरार आएको प्रष्ट देखिन्छ । यसले महासंघको निणर्य कागजमै सिमित भएको पाइन्छ ।