बैशाख २४ । सिरहामा क्लिनिकहरु खुलेयाम रुपमा लिंग पहिचान गरेर भुरूण हत्या गर्ने क्रम बढेको छ । छोराको अकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भुरूण हत्या गराउँछन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’को घोषणा गरेका बेला मिर्चैया,सिरहा लहान लगायतका ठाँउमा लिंग पहिचान गरी भुरूण हत्या फस्टाएको हो । स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको छ ।

लिङ्ग परिक्षण कानूनी रुपमा प्रतिवन्ध भए पनि सिरहाको मिर्चैया,लहान, सिरहा लगायतका ठाँउमा खुल्ले याम रुपमा छोरा छोरी छुट्याउन दुई हजार पाँच सय लिई छुट्याउने गरेको नाम प्रकाशन नगर्ने शर्तमा एक महिलाले बताईन । इलाका प्रहरी कार्यालय मिर्चैया सँगै टासिएको डा. विष्णु साहको क्लिनिकमा अवैध रूपमा दिन्हु दर्जन भन्दा बढीको लिंग पहिचान भइरहेको छ । मिर्चैया,लहानमा धनुषा,महोत्तरी, तथा भारतका छिमेक जिल्लाका महिलाहरु लिंग परिक्षण अल्ट्रासाउन्ड गरेका हुन । मिर्चैयामा डा.विष्णु साहको क्लिनिकमा महिला डाक्टरले अनुभवको भरमा रेडियोलो जिस्टको काम गर्दै आएका छन । लिंग पहिचान गर्न मिर्चैया परिचित भएको छ । लिंग पहिचान गरिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैन ।