इटहरीः सुनसरीको इटहरीमा रहेको भोइस अफ चिल्ड्रेनले सडकमा रहेका बालबालिकालाई उद्धार गरेर पुनः परिवारसँग नै पुर्याउने काम गर्दै आएको छ । २० वर्ष अगाडि अर्थात् २०५७ सालमा स्थापना भएको भिओसीले सुनसरीको इटहरी सहित प्रदेश १ का मुख्य सहरहरु विराटनगर, धरान, दमक र विर्तामोडबाट पनि सडक बालबालिकाको उद्धार गरेको छ । यसरि उद्धार गरिएका बालबालिकाको संख्या भिओसीमा २४४ पुगेको छ । भिओसी सुनसरीका अध्यक्ष भरत थापाका अनुसार बालबालिकालाई सडकबाट यहाँसम्म ल्याउन विभिन्न निकायसँग समन्वय हुने गरेको छ । ‘हामीले सडकमा बालबालिका छन् भन्ने थाहा भएपछि त्यहाँको स्थानीय तह र प्रहरीसँगको समन्वयमा उद्धार गर्छौँ । त्यसपछि उनिहरुलाई सडकको रहनसहनलाई भुलाउन काउन्सिलीङ गर्ने काम गर्छौँ’, उनले भने ।

साथै उनले सडकबाट ल्याएका बालबालिकालाई अन्न बालबालिका सहर बनाउन धेरै मेहनत गर्नुपर्ने बताए । ‘सडकमा उनिहरु आफूँ खुसी बसेका हुन्छन् । त्यसैले उनिहरुलाई पहिलकै रहनसहनमा फर्काउन हामीले धेरै मेहनत गर्नुपर्छ । सडकमा माग्ने, चोरी गर्ने र डेन्ड्राइड सेवान गर्ने उनिहरुको लत हुन्छ त्यसलाई छुटाउन पनि केहि समय लाग्छ’, उनले भने । साथै उनले ति बालबालिकालाई पहिलेकै अवस्थामा फर्काएपछि पुनः परिवारसँगै बुझइने बताए ।

voc 2

‘हामील ती बालबालिकालाई यहाँ ल्याएपति उनिहरुलाई काउन्सिलीङ गर्नेसँगै परिवारको खोजि पनि सुरु गर्छौँ । सम्बन्धीत बालबालिकाको घर कहाँ हो, कुन अवस्थाका कारण सडकमा आएको हो, उसलाई परिवारमा पुनः लग्नु उचित छ कि छैन भनेर हामी अध्ययन गर्छौँ । त्यसपछि परिवारसँगको पुनर्मिलानको प्रक्रिया सुरु गर्छौँ । परिवारका सदस्य र स्वयमा बालबालिका पनि राजि भए र हामीलाई पनि उसलाई परिवारको जिम्मा लगाउन उचित ठानेपछि परिवारसँगै छोड्छौँ । त्यसपछि पनि उनिहरुको अवस्था के छ, परिवारसँग घुलमिल भएको छ कि छैन, पुनः सडकमै आएको छ कि, उसको शैक्षिक अवस्था कस्तो हुँदै छ भनेर निरन्तर फलोअप गर्छौँ’, उने भने ।

यता आफ्नो परिवार छोडेर सडकमा आएका अधिकांश बालबालिकाले परिवारबाट अपहेलित भएर सडकमा आउनुपरेको बताए । साथै कतिपय बालबालिकाले साथिको संगत तथा कुलतले गर्दा परिवारबाट विछोडिएको बताएका छन् । उनिहरुले पुनः परिवारसँग जान तयार रहेको बताए । भिओसीमा बसेका एक बालकले भने ‘म ८ वर्षको हुँदा सडकमा आएको थिएँ । म सडकमा आउनुको कारण चाहिँ मेरो ममि वित्नुभयो त्यसपछि बुबाल अर्की आमा ल्याउनुभयो । अर्की आमाले मलाई हेला गर्ने, कुट्ने गर्न थाल्नु भयो र म कलिलै उमेरमा उहाँको हरेक कुरा सहन नसकेर सडकमा आएँ ।’ साथै उनले सडकमा आएपछि कुलतमा फसेको र परिवारनै भुलेको बताए ।

voc 1

उनि जस्तै भिओसीमा रहेका अर्का बालकले घरमा बुबा आमाको झगडा हुने गरेकोले सडकमा आएको बताए । ‘बुबाआमा संधै रक्सि खाएर आउने र झगडा गर्ने गर्न थाल्नुभयो । उहाँहरु झगडा गर्दा मलाई गालि गर्ने, पिट्ने गर्नुहुन्थ्यो । यो सबै सहन नसकेर म सडकमा आएको हुँ । परिवारसँग पुनः जान त मन छ तर फेर उस्तै गर्नुहुन्छ भन्ने डर र उनले भने । उनि जस्तै भिओसीमा हाल रहेका ३४ जना बालबालिकाको अवस्था उस्तै छ । उनिहरु मध्ये धेरैजसो पारिवारीक कारणले सडकमा आएका छन् ।

यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले सडक बालबालिकाले इटहरीको शान्ति सुरक्षामा दखल पुर्याएको बताए । ‘सडक बालबालिकाको दिर्घकालीन रुपमा परिवारसँग पुनर्मिलान नहुँदा शान्ति सुरक्षामा पनि चुनौति थपिएको छ । इटहरीमा हुने गरेका अधिकांश पसल चोरी, सटर फोर्ने जस्ता अपराधिक क्रियाकलापमा बढि सडक बालबालिकाकै संलग्नता हामीले पाएका छौँ’, उनले भने ।