इटहरीः इटहरीकाे शुभलाभ बचत तथा सहकारीकाे वार्षिक साधारण सभामा स्थानिय सरकारले गरेकाे कर बृद्दिबारे अावाज उठेकाे छ। सहकारीलाइ अार्थिक उन्नयनकाे महत्वपुर्ण पाटाेकाे रूपमा विकास गरिए पनि स्थानिय सरकारले सहकारीकाे मर्म नबुझेकाे बताइएकाे हाे ।

जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठले सहकारीहरुलाई करको भार थप्ने काम गरेपनि स्थानिय सरकारले सहकारीका लागि कुनै नवीन योजना ल्याउन नसकेकाे गुनासाे गरे । कर बढाउने तिर मात्र साेचेर सहकारीकाे उन्नयन नहुने भन्दै यसबारे स्पष्ट कार्यक्रम सरकारी तहबाट पनि अाउनु पर्ने राय राखे।

संस्थाका अध्यक्ष किरण पराजुलीलेले इटहरी सरकार मात्र सहकारीकाे ढाड सेक्न लागि परेकाे भन्दै यस बारे पुनर्विचार गर्नुपर्ने बताए । 

पत्रकार हिमाल दाहालसहित १३ सम्मानित 

संस्थाले पत्रकार हिमाल दाहाल सहित विभिन्न क्षेत्रमा सम्बद्द १३ व्यक्तिलाइ सम्मानित गरेकाे हाे । पत्रकारीताकाे क्षेत्रबाट समाजमा पुर्याएकाे याेगदानकाे कदर गर्दै दाहाललाइ सम्मान गरीएकाे सहकारीका दिपक पाेख्रेलले जानकारी दिए । दाहाल अन्नपुर्ण पाेस्ट र एपीवान टेलिभिजनका सुनसरी संवादाता हुन ।

त्यस्तै नाट्यकर्मीक साेनु जयन्तीलाइ पनि संस्थाले सम्मान गरेकाे छ । अध्यक्ष किरण पराजुलीकाअनुसार जयनारायण आचार्य, सिर्जनशील एकल महिलामा  पार्वती कोइराला, जेष्ठ नागरिकमा निवार्ण कुमार दाहाल, साहित्यकार तथा शिक्षाविदमा सुकदल लिम्वू र डा. संजय राठी लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाले उत्कृष्ट बचतकर्तामा नविन प्रसाद जैसवाल, असल ऋणीमा अम्वीका सुवेदी तथा उत्कृष्ट कर्मचारीमा निर्मला अधिकारीलाई समेत सम्मान गरेकाे छ ।