सुनसरीः सुनसरीको विभिन्न स्थानमा दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नर्सिङ १ स्थित राजमार्गमा प्रदेश न.२०१००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकीलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी हिजो अपरान्ह सवाँ ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक( सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हिजो राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह(१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७र३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ । यता ट्रक चालक सुनसरी लालपुर(४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएकोमा उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।