खोटाङः राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन खोटाङको अध्यक्षमा प्रतिक आचार्य चयन भएका छन् ।
सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यले वर्ष दिनअघि बिस्तार भएको राष्ट्रिय स्वयंसेवक संघले आफ्नो संगठन विस्तारको क्रममा आचार्यलाई खोटाङ जिल्ला अध्यक्षमा चयन गरेको हो ।
नेपाल विद्यार्थी संघबाट राजनिती सुरु गरेका आचार्यले केही समयपछि जिल्लामा राष्ट्रिय स्वयंसेवक संघको कार्य समिति विस्तार गर्ने बताएका छन् ।
सामाजिक समस्याप्रति आम नागरिकलाई सचेत गराउने र समाजमा हुने विभेद विरुद्ध शसक्त रुपमा खबरदारी गर्दै आएको संघले नेपालकोे सात वटै प्रदेशमा समिति गठन गरिसकेको संघले जानकारी दिएको छ । आचार्यले भने, समुदायमा हुने समस्याको लागि सामाजिक रुपमा लैङ्गिक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने आचार्यले बताए ।