खोटाङः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले १८ वटा बिभाग तोकेर नेकपा खोटाङले बाँकी रहेको पार्टी एकता टुङ्गो लगाएको छ ।
नेकपा जिल्ला कमिटिको असोज १८ र १९ गते बसेको सचिवालय बैठकले विभागिय , निर्वाचन क्षेत्र र भौगोलिक क्षेत्र तोकेर बाँकी रहेको एकता प्रकियालाई टुङ्गो लगाएको हो ।
पार्टीको जिल्ला कार्यालय तिक्तेलमा मंगलबार पत्रकार सम्मेलन गदैँ पालिकाका इन्चार्ज, सह–इन्चार्ज, क्षेत्रिय समन्वय कमिटी गठन, विभागहरुको जिम्मेवारी, जिल्ला कमिटी तथा सचिवालय सदस्य थप्नेजस्ता कामको टुंगो लगाएको नेकपा खोटाङका प्रचार तथा प्रकाशन विभाग प्रमुख संगिन राई(जीवन)ले बताए ।
बैठकले ऐसेलुखक गाउँपालिका इन्चार्जमा श्री बहादुर राई, केपिलासगढी गाउँपालिका इन्चार्जमा गृह बहादुर राई , हलेसी तुवाचुङ नगरपालिका इन्चार्जमा हस्त कुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्जमा कुमार आचार्य, साकेला गाउँपालिका इन्चार्जमा विर्सिका राई ,दिपु्रङ चुइचुम्मा गाउँपालिको इन्चार्जमा चर्च बहादुर विश्वकर्मा ,जन्तेढुंगा गाउँपालिका इन्चार्जमा देविप्रसाद रेग्मी, खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन प्रसाद बन्जारा, रावाबेशी गाउँपालिका इन्चार्जमा उदय बहादुर कार्की र बराहपोखरी गाउँपालिका इन्चार्जमा निशाना राईलाई पार्टी इन्चार्जको रुपमा जिम्मेवारी दिइएको संगिन राई(जीवन)ले बताए ।

121002910_667245917563685_7453477162405200047_n
त्यस्तै गरि क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नं। २ को प्रमुखमा दिपक पाण्डेलाई जिम्मेवारी दिइएको छ । भने, बैठकले संगठन विभाग प्रमुखमा रामप्रसाद दंगाल, स्थानीय तह परिचालन विभागमा देव विक्रम राई, स्कुल विभागमा विनोद आचार्य, आर्थिक व्यवस्थापन विभागमा उपिन कुमार राई, अनुशासन तथा न्याय कानुन मानव अधिकार विभागमा उदिम किराँती, युवा तथा खेलकुद विभागमा जलसेर राई, उद्योग तथा वाणिज्य विभागमा सनमान खड्का, पुस्तकालय तथा अभिलेख विभागमा दिपनारायण रिजाल, सामाजिक सुरक्षा तथा विपत व्यवस्थापन विभागमा दिलचक्र राई, भौतिक पुर्वाधार तथा पर्यटन र अनुगमन विभागमा नरेशराज राई, कृषि, वन तथा जलश्रोत विभागमा गणेश कोइराला, निर्वाचन विभागमा जेनी राई, प्रचार तथा प्रकाशन विभागमा जीवन राई, साहित्य कला तथा संस्कृति विभागमा कल्पना चाम्लिङ, सहकारी तथा गैसस विभागमा चइन्द्र राई, शिक्षा तथा स्वास्थ्य विभागमा अर्जुन खड्का ,उपभोक्ता हित जनसम्पर्क विभागमा मनकुमारी रसाईली, श्रम रोजगार तथा गरिवी निवारण विभागमा पुन्य बहादुर मगरलाई पार्टीले प्रमुखको जिम्मेवारी दिइएको हो ।

त्यस्तै गरि फाँटहरुको महिला इन्चार्जमा गितामाया राई, मजदुर इन्चार्जमा लिला निरौला, इन्जिनियरीङ इन्चार्जमा मनिषा राई, जनसंस्कृतीमा विणादेबी राई र आदिवासी जनजाती तथा सिमान्तकृत इन्चार्जमा सम्बर भुजेललाइलाई पार्टीले जिम्मेवारी दिइएने निर्णय भएको छ ।
यसैगरी, पार्टीको प्रदेश कमिटीसँग परामर्शगरी खगेन्द्र गुरुङ, माइतिराज राई, ओम प्रकाश घिमिरे, सुनि राई, निर्मला आचार्य, भागवत घिमिरे, तेजप्रसाद अधिकारी, पञ्च कुमार राई, विदुरमान राई, सुमन पुमा, रुद्र विष्ट, अम्बीका राई, टंक तामाङ, तारा राई, बिष्णु राई, बाणि विलास ढुंगाना, धुर्वा राई, दुर्गा राईलाई जिल्ला कमिटीमा तथा भागवत घिमिरे, टंक तामाङ, प्रदीप राई, विकास राई र सनमान खड्कालाई सचिवालय सदस्यमा थप गर्ने निर्णय भएको नेकपा खोटाङका सचिवालय सदस्य कुमार आचार्यले बताए ।

121020135_258625405460424_5405464163873775549_n
त्यस्तै गरि नेकपा खोटाङका सचिब राम प्रसाद दगालले भने, दलित समुदायले समुदायको उत्थानको लागि सर्घष गदै गरेकोमा पार्टीले ऐकिबद्धता गदँै समाजमा भएको कुरीता,रुडिबादी संस्कार ,भद्भाव, छुवाछुत र महिलाहरु प्रति हुने सबै प्रकारका हिँसाहरु न्यूनिकरण गर्नेको लागि पार्टीले ऐकिबद्धता गरेको दगालले बताए ।
दंगालका अनुसार २०६६साल माघ ५ गते बसेको नेकपाको केन्द्रिय बैठकले नेकपाको कुनै पनि नेता तथा कार्यकर्ताहरुले सामाजमा छुवाछुत ,भद्भाव तथा महिला हिंशा गरेको भटिएमा पार्टी निस्कासन र जनप्रतिनीधी हुन नपाउने निर्णय गरेको दगालले बताए ।