इटहरीः प्रदेश १ सरकारको लोकसेवा आयोगले आज बुधबार सार्वजनिक सूचना जारी गरी आयोगका लागि लोगो माग गरेको छ ।

प्रदेश लोकसेवा आयोगको मौलिक लोगो प्रचलनमा ल्याउने उद्देश्यले तीस दिनको म्यादभित्र इमेलमार्फत् लोगोको डिजाइन पठाउन सूचना जारी गरेको आयोगले उत्कृष्ठ लोगो छनौट गरी प्रयोगमा ल्याउने र त्यसका डिजाइनरलाई ५० हजार रुपैयाँ तथा प्रमाणपत्रसमेत प्रदान गर्ने जनाएको छ ।

म्यादभित्र प्राप्त भएका व्यक्तिगत डिजाइनलाई मात्र प्रतिस्पर्धामा सहभागी गराउने आयोगको नीति रहेको छ । लोगोमा सगरमाथा, लालीगुँरासलगायत प्रदेश नम्बर १ को चिनारी झल्किने कुनै सांकेतिक चिन्हको प्रयोग गरेको हुनुपर्नेछ मापदण्ड तोकिएको छ । डिजाइन पठाउन इच्छुक डिजाइनरलाई आयोगको इमेल ठेगाना [email protected] मा इमेल गरी आप्mनो डिजाइन पठाउन आयोगले आग्रह गरेको छ ।