इटहरीः अहिलेको समयलाई सुचना प्रबिधीको युग मान्ने गरिन्छ । नीजी तथा सरकारी कार्यालयहरु सबै अहिले सुचना प्रबिधीतिर रुपन्तरन भई रहेका छन । तर इटहरी उपमहानगरपालिकाको जानकारी राखिएको वेबसाईट बिगत लामो समयदेखी अपडेट नै गरिएको छैन । वेबसाईटमा राखिएको कर्मचारी विवरणमा गम्भिर त्रुटी देखिएको छ । केही महिना अगाडी राजिनामा स्वीकृत भएका कार्यालयका पूर्व वरिष्ठ इन्जिनियर अर्जुन कुमार दाहालको विवरण अझै हटाइएको छैन । उनको नाममा गुनासो सुन्ने अधिकारी भन्ने उल्लेख छ । त्यस्तै वडा न ४ बाट केही महिना अगाडि सरुवा भएकी रिता सुब्बाको विवरण परिवर्तन भएको छैन । त्यस्तै कर शाखाबाट सरुवा भएका अर्जुन सुवेदीको समेत विवरण परिवर्तन छैन । त्यस्तै वार्ड न २० को वडा सचिबमा दुई जना नासु सन्जिब कुमार खड्का र नेत्र प्रसाद न्यौपानेको नाम उल्लेख छ ।
त्यस्तै अहिले कोरोना महामारीको समयमा सबै भन्दा महत्वपूर्ण शाखा स्वास्थ्य शाखा हो ,तर स्वास्थ्य शाखामा रहेका कुनैपनी कर्मचारीको विवरण वेबसाईटमा छैन । न त कोरोनाको लागि सम्पर्क गर्ने अधिकारीको विवरण समेटिएको छ । राजिनामा स्वीकृत भएर जागिर छोडेका इन्जिनियर बिकास भट्टराईको विवरण घर नक्सा शाखा प्रमुख भनेर अझै उल्लेख छ ।
प्रदेश न १ मा रहेका २ वटा उपमहानगरपालिका मध्ये १ रहेको इटहरी उपमहानगरपालिकाको वेबसाईटमा २० वटा वार्ड रहेपनी १ न वार्ड को मात्र जनप्रतिनिधी तथा सम्पर्क विवरण रहेको छ । बाँकी १९ वटा वडाको जनप्रतिनिधी तथा कार्यालयको विवरण वेबसाईटमा छैन । नगरको सन्छिप्त परिचयमा प्रदेश न १ हुनुपर्नेमा अझै पनि बिकास क्षेत्रको नाम उल्लेख छ । उपमहानगरको वार्षिक प्रगती प्रतिबेदन पनि ०७२/०७३ भन्दा पछी अपडेट छैन । पन्जिकरण शाखाले गर्ने घटना दर्ताको विवरण पनि २०७५ असार पछिको अपडेट गरिएको छैन । त्यस्तै उपमहानगरपलिकाको जेष्ठ ५ गते पछिको कार्यपलिका बैठकको निर्णय पनि वेबसाईटमा अपडेट छैन ।
यि सबै काम गर्नुपर्ने जिम्मेबारी सुचना प्रबिधी शाखाको हो तर सुचना प्रबिधी शाखाले आफ्नो जिम्मेवारी पुरा नगरेको देखिन्छ । नगरको सम्पूर्ण सुचना प्राबिधिको कामको जिम्मा सुचना प्रबिधी शाखामा रहन्छ ।