इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयले आज आइतबार शोक बिदा गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा कार्यरत भेटेरीनरी समूहका छैठौँ तहका अधिकृत राजेशप्रसाद पौडेलको हिजो शनिबाार बेलुका ९ः२० बजे उपचारका क्रममा निधन भएपछि नगर कार्यपालिकाले आज एक दिन उपमहानगरपालिका र मातहतका सबै वडा कार्यालयमा शोक बिदा दिएकाले ती कार्यालयहरुबाट प्रवाह हुने सबै सेवा बन्द रहने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।