उर्लावारीः मोरङको उर्लावारी २ डुम्रेकी एक ७३ बर्षीया मनमाया थापामगरले नागरिकता  प्राप्त गरेकी छिन ।
केही समय अगाडी ७३ वर्र्षीया आमा नागरिकता विहिन भएको सुचना हामीले प्राप्त गरेका थियौ र उनको गुनासोलाई प्रदेश पोर्टल डटकमले समाचार प्रकाशन गरेपछि वडा अध्यक्ष राजन कुमार कडेलले पहल गरि मनमायालाई नागरिकता  दिलाई दिएका हुन ।
विहान बेलुकाको छाक टार्न निगुरो र दाउरा बेच्दै गुजरा गर्दै आएकी उनि हातखुट्टाले भारी उचाल्न नसक्ने भएपछि नागरिकता बनाएर बृद्धा भत्ता थाप्ने र राम्रो लागाउने मिठो खाने सपना बोकेर बसेकी मनमायाको सपना पुरा हुदा खुसि व्यक्त गरिन ।
मोरङको उर्लावारी २ डुम्रेमा २०३६ साल देखी स्थायी रुपमा वसोवास गर्दै आएकी ७३ वर्र्षीया मनमाया सेतै फुलेको केश मुजा परेको अनुहार लिएर विगत लामो समय देखी नागरिकता प्राप्तीका लागि स्थानिय सरकार, ईलाका प्रशासनमा धाउदा पनि नागरिता प्राप्त गर्न सकेकी थिइनन् बरु उल्टो उनलाई प्रमाण नपुगेको भन्दै फर्काईदिएर हैरानी दिने गरेको दुखेसो उनले हामीलाई पोखेकी थिइन ।अत्यन्तै नाजुक आर्थीक अवस्थाको सामना गर्दै आएकी उनका ३ वहिनी छोरी र एक भाई छोरा छन् ।

120084509_465174114441590_8994022579906748789_n
बुढेसकालमा सवै छोरी लाखापाखा लागे भने एउटा भएको छोरा पनि करिव ३० वर्ष अगाडिनै पैसा कमाउन भारत छिरेका अहिले सम्म फर्कीएर नआउदा बृद्धा दम्पतीले साह्रै विजोग अवस्थामा जिवन विताई रहेकी थिइन ।
यता वडा अध्यक्ष कडेलले भने नेपालमै जन्मेर पनि राज्यले प्रदान गर्दै आएको सेवा सुविधा बाट वञ्चित कोही नागरिक भेटिएको खण्डमा उनिहरुलाई स्थानिय सरकारको अनुभुति सगै राज्यको पहुचमा पुर्‍याउन आफु लागि पर्ने बताए ।
नेपाली नागरिक भएर पनि राज्यको दृष्टि उनिमाथी पर्न नसक्दा मनमायाले ७३ वर्ष सम्म पनि औपचारिक रुपमा नेपाली नागरिक हुन बाट वञ्चित हुनु परेको थियो जसको कारण राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्र्तगतको बृद्धा भत्ता पाउन बाट उनि वञ्चित रहेकी थिईन । तर अव उनको त्यो सपना पुरा भएको छ ।
मनमाया एक प्रतिनिधि पात्र मात्रै हुन । गाउठाउ दुरदराजमा अझै सम्म पनि सहज रुपमा राज्यको दृष्टि पुग्न नसक्दा औपाचारिक रुपमा नेपाली नागरिक हुन बाट बञ्चित कयौ नागरिकहरु रहेका छन् जो राज्यले नै प्रदान गर्दै आएको सेवा सुविधाबाट वञ्चित छन् । जसलाई राज्यको सिधापहुचमा पुर्‍याउन स्थानियतहमा निर्वाचित सरकारले कडेलले झै काम गरे सवै ओझेलमा परेका नागरिकको राज्य सग पहुच हुने थियो की ?