इटहरीः मोरङ सुन्दरहरैँचा वडा नम्बर १० का रविन फुयालले सुकुम्मबासी टोलका २ परिवारलाई घर बनाइदिने भएका छन् । सोही ठाउँका स्थानीयबासी रविनले अप्ठ्यारोमा परेका र परिवारबाट अपहेलित भएका २ परिवारलाई घर बनाइदिने भएका हुन् । २ घर मध्ये एउटा घर निर्माणको चरणमा रहेको छ । बाल प्रतिभा सेकेन्डरी इङ्लिस स्कुलको कक्षा ११ मा पढ्ने रविनले आफ्नै परिवारबाट हेलामा परेकि ८६ वर्षीया वृद्धा महिलाको घर पहिलो चरणमा बनाइदिएका हुन् । साथै उनले ति वृद्धाको स्वास्थ्य उपचारमा पनि सहयोग गरेका छन् । रविने परिवारले वृद्धालाई हेला गरेको र उनि बस्दै आएको घर जिण भएकाले नयाँ घर बनाइदिए बताए ।

‘उहाँको २ जना छोरा एक जना छोरी छन् । छोरीको विवाह भइसक्यो । एक जना छोरा पहिला देखिनै परिवारदेखि टाढा छन् । उनको कुनै अत्तोपतो छैन । घरमा भएका छोराको पनि श्रीमतीको पहिला नै मृत्यु भइसकेको छ । ज्याल मजदुरी गरेर आमालाई पाल्दै आएका उनले लकडाउनमा काम पाएका छैनन् । ति छोरा मद्यपान सेवान गरेर हिड्छन् । यसले ८६ वर्षीया आमालाई समस्या परेको देखेपछि मैले घर बनाइदिने अठोट गरेको हूँ’, रविनले भने । उनका अनुसार ति वृद्ध महिला उनकै छिमेकी हुन् ।

रविनले ‘गो फण्ड’ एपमार्फत् सहयोग जुटाएर घर बनाइदिने अठोट गरेका हुन् । ‘मैले गो फण्ड एपको प्रयोग गरेर रहत संकलन गर्ने गरेको छु । देश तथा विदेशमा रहनुभएका सहयोगी मनका नेपालीहरुले सकेको सहयोग गर्नुभएको छ । अहिलेसम्म धेरै सहयोग प्राप्त भएको छ र यसले मलाई थप काम गर्न उत्साह मिलेको छ’, रविनले भने । उनका अनुसार त्यो घर लगभग एक लाख ५० हजारको लागतमा बनिसक्ने छ । साथै रविने वृद्धाको खानाको पनि व्यवस्था गरिदिँदै आएको जानकारी दिएका छन् ।

120075732_664313734498802_7468116565593719337_n

यस्तै रविनले दोस्रो घर पनि सुन्दरहरैँचा १० सुकुम्बासी टोलकै एक अपाङ्ग परिवारका लागि बनाइदिने भएका छन् । ‘दोस्रो घर मैले सुकुम्बासी टोलकै लक्षमण थापाको बनाइ दिँदै छु । उनि एक अपाङ्ग व्यक्ति हुन् । उनका २ जना छारी छन् । लकडाउनमा उनको परिवारलाई २ छाक खान पनि धौ धौ परेको छ’, रविनले भने । सो घर नयाँ बनाउने नभएर पुननिर्माण गरिने रविनले बताए । ‘दिन दिनै परेको वर्षाका कारण लक्षमणको घर भित्रै पानी पसेर बस्न पनि मुस्कील हुने अवस्था छ । त्यो घरमा नयाँ जस्ता पाताल बेरेर पानी नपस्ने र बस्नलाई सहज हुनेगरि बनाउने योजना रहेको छ’, रविनले भने ।

यसअघि रविनले त्यहाँ कोरोना संक्रमणमा खाना खान धौ धौ पर्ने २० परिवारलाई पनि सहयोग गरेका छन् । लकडाउनमा काम नपाएका ज्याल मजदुरी गरेर पेट पाल्ने परिवारलाई रविनले सहयोग गरेका हुन् । विभिन्न ठाउँबाट सहयोग आइरहेको र यसले आफूलाई थप हौसला मिलेको बताएका छन् । साथै उनले अर्को घर बनाउँन थप सहयोग आवश्यक परेकोले मनखोलेर सहयोग गर्न अनुरोध गरेका छन् ।

119891709_610951802920864_1164612855454044245_n