इटहरीः धनकुटाको चौबिसे गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जंगलमा सल्लाको दियालो काट्न गएका दर्जीलाई मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारमा छुदाँ उनलाई करेन्ट लागेको थियो ।
जिर्ण भएर मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ अँधेरीका ५६ वर्षीय भक्त बहादुर दर्जीको ज्यान गएको हो । चौबिसे गाउँपालिका–२ स्थित श्रीजंगा सामुदायिक वनमा विधुत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट गएको प्रहरी टोलीले शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर अहिले पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।