आषिका लम्साल
विराटनगरः कोभिड महामारीको बेला विना जानकारी र विना पारिश्रमिक कामबाट निकालेको विरोधमा नागरिक दैनिक मुख्यालयमा सत्याग्रह सुरु गरको पत्रकार सुविद गुरागाईको आन्दोलनमा पत्रकार महासंघ प्रदेश १ समितिले सर्मथन जनाएको छ ।
प्रदेश १ अन्तर्गत पत्रकार महासंघ सुनसरी शाखाका सदस्य रहेका पत्रकार गुरागाईले थालेको सत्याग्रह सम्पुर्ण श्रमजिवि पत्रकारको हितका निम्ति हो भन्दै पत्रकार महासंघ प्रदेश १ समितिले सर्मथन जनाएको हो ।
महासंघ प्रदेश १ समितिले नागरिक दैनिकमा आबद्ध प्रदेश १ मा कार्यरत अधिकांश पत्रकारहरुले पनि पछिल्लो समयमा नियमित पारिश्रमिक नपाएकोले उनीहरुलाई तुरुन्त उचित भुक्त्तानी गर्न महासंघले माग गरेको छ ।
श्रमजीवी पत्रकार ऐनअनुसार पाश्रिमिक र अन्य सेवा सुविधा नदिने सञ्चार गृहहरुलाई तत्काल सबैखाले सरकारी विज्ञापन प्रकाशनमा रोक लगाउने निर्णय गर्न सरकारसाग माग गरेको छ । साथै सबै सञ्चारकर्मीहरुलाई श्रमजीवीहरुको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्न पनि प्रदेश १ समितिले आह्वान गरेको छ ।
महासचिव विवेक गौतमले बुधबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरस महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई सञ्चार गृहहरुले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी विदामा राख्नु र कामबाटै निकाल्नु गैरकानूनी र आपत्तीजनक भएको प्रदेश १ समितिले ठहर गरेको जानकारी गराएका छन ।
महासचिव गौतमले विज्ञप्तीमा भनेका छन ‘श्रमजीवी पत्रकार ऐन विपरित र न्युनतम् मानवीय व्यवहार पनि नदेखाई पत्रकारहरुमाथि सञ्चार गृहले गरेको व्यवहारको हामी भत्र्सना गर्दछौं ।’
विज्ञप्तिमा उल्लेख भएअनुसार नागरिक दैनिकको डेक्समा बसेर तेस्रो पृष्ठ हेर्दै आएका पत्रकार गुरागाईलाई इमेल पठाएर नागरिकले लकडाउनको समयमा जागिरबाट हटाइएको थियो ।
यसैगरि प्रदेश १ अन्तर्गत काम गर्ने पत्रकारहरुले मासिक २ देखि ५ हजार मात्र प्राप्त गरेको र सो अनुसार काम नगर्नेलाई विदा लिन व्यवस्थापनले दबाब दिँदै आएको छ ।
सहज अवस्थामा मिडियाको हैसियत बृद्धि हुँदा त्यसको फाइदा सबै सञ्चालकले लिने र महामारीको अवस्थामा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा कामबाट हटाउने कार्य कार्य तत्काल बन्द गर्न सबै सञ्चारगृृहहरुलाई महासंघ प्रदेश १ समितिले चेतावनी दिएको छ ।
धेरै ठूला संचार गृहले पनि प्रदेश १ मा कार्यरत पत्रकारहरुलाई नियमित पारिश्रमिक नदिने, दिइरहेको पारिश्रमिक कटौती गर्ने, कामबाट निकाल्ने र वेतलबी विदा दिने काम गरिहेको गुनासो महासंघमा आएकोले तुरुन्त पारिश्रमिक दिन माग गरेको छ ।
ब