विराटनगरः सुत्केरी गराउन कोशी अस्पतालमा ल्याउदा उपचार नपाई मृत्यु भएको महिला दुहवी नगरपालिका वडा नंं. १०, सिमरियाका वर्ष ३० विमला ऋषिदेवको परिवारलाई ओरेक नेपाल, मोरङ्गका जिल्ला परियोजना संयोजक दीपक सेनचुरीले परिवारलाई राहत वितरण गरेका छन् । दैनिक आवश्यक पर्ने खाद्य सामाग्रीहरु चामल, दाल, तेल, चिउरा लगायतका सामाग्री मृतक महिलाको माईती घरमा पुगेर वितरण गरिएको थियो ।
०७७ भाद्र २५ गते साँझ सुत्केरी व्यथालागि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउन जाँदा संभव नभएपछि राती १ वजे स्थानीय छिमेकी सिटि सफारीमा राखी चालक नजिर हुसैनले कोशी अस्पताल विराटनगरमा मृतक महिलाका श्रीमान र फुपु सासु फुलो ऋषिदेव सहित अस्पालमा ल्याई विरामी जाँच्न अनुरोध गर्दा विरामी भर्ना लिन अहिले अरु अप्रेशन गरि रहेकोले भर्ना गर्न सकिदैन भनि भर्ना नलिएको सिटि सफारी चालक नजिर हुसैनले वताए । हामी यति राती कहाँ जाने पैसापनि छैन् अन्यत्र लानलाई विहान सम्म भएपनि राखीदिनु बरु विहान केही उपाय गरौला भनेर सो समयमा कार्यरत कर्मचारीहरुलाई मृतकका पति शिवा ऋषिदेव र फुपु सासु फुलो ऋषिदेवले अनुरोध गर्दापनि बेड खाली नभएको भन्दै भर्ना दिन अस्विकार गरेको बताइन । त्यसपछि मृतक महिलाको माईती घर विराटनगर महानगरपालिका वडा नंं ६, सुकुम्वासी वस्तिमा माईतीमा विहान ३ वजे फर्काइएको थियो ।

pic 2
माइती घरमा राखी थप उपचारकोलागि ऋण खोज्ने क्रममा विहान ८ वजे गर्भवती महिलाको मृत्यु भएको हो । मृतक महिलाको शव अन्त्येष्टिमा सहयोग गरेका युवा अभियन्ता विकेश मुखियाका अनुसार कोशी अस्पतालमा जुनसुकै बेलापनि सुत्केरी गराउन लैजादा प्राय बेड खाली छैन भन्ने गरिन्छ तर सोर्सफोर्स आउन साथ बेड उपलब्ध गराईन्छ, मृतक बिमला ऋषिदेवको पहँुचवाला व्यक्ति नभएको कारण अस्पतालले भर्ना नलिएको जिकिर गरे ।
प्रदेश १का अधिकांश जिल्लाबाट खासगरि आर्थिक रुपले विपन्न व्यक्तिहरु उपचार गराउन आउने अस्पतालमा प्राय अप्रेशन गर्ने बिरामीहरुलाई भेन्टिलेटर तथा बेड र स्वास्थ्यकर्मीको अभाव देखाई अन्यत्र पठाई रहनु पर्ने वाध्यता दर्शाउनु प्रदेशकै १ मात्र ठुलो सरकारी अस्पतालको चरम लापरवाही भएको वताए ।
मृतक महिलाका आमाका अनुसार छोरीको अगाडीका सूत्केरी हुँदा अप्रेशनबाटनै भएकोमा सबै सन्तानहरु छोरी नै छोरी भएका कारण छोरा जन्माउनु पर्ने बाध्यता भएका कारण छोराको आशमा पटक पटक गर्भवती भएको हुँदा छोरीले असामयिक मृत्यु भोग्नु परको हो ।
यसैवीच कोशी अस्पताल प्रशासनले मृतकका परिवारलाई छलफलका लागि ७७ भाद्र २८ गते बोलाएकोमा मृतकका पति शिवा ऋषिदेव सहित विराटनगर महानगरपालिका वडा नंं ६ वडा अध्यक्ष विजय कामत र युवा अभियन्ता विकेश मुखिया, अक्षय सहनीको टोली छलफकालागि गएकोमा केही कर्मचारीहरुले सो दिन मृतक महिला उपचार गर्ननै नआएको जिकिर गरेका थिए । कोशी अस्पताल व्यवस्थापन समितिले दोषी पाईए सम्वन्धित कर्मचारीलाई कारवाही गरिने जानकारी गराई छलफलकालागि गएको टोलीलाई फिर्ता पठाएको छन् ।