इटहरीः सुनसरीको इटहरी उपमहानगरपलिका वडा नम्बर ५ मा रहेको समाजकल्यण टोलमा केहिदिन अघि प्रदेश सरकारले पठाएको बजेट लुकाएको घटना सार्वजनीक भयो । त्यो समाचार फैलिएपछि धेरैले उपभोक्ता समितिका अध्यक्ष र अन्यलाई निन्दा गरे । प्रदेश सरकारबाट सडक बनाउन दिएको २४ लाख रकम विविध कारणले नदिएको भन्दै अध्यक्ष लगायतले उपभोक्तासँग १६ लाख ५० हजार मात्रै दिएको जानकारी गराए । सोहि बमोजिम उपभोक्तासँग ‘माइन्युट’ गरे । तर प्रदेश सरकारलाई उपभोक्तासँग गरिएको निर्णयको नक्कली बनाएर प्रदेशबाट २४ लाख नै आएको कागज फरफराकको लागि पाठाए ।
उपभोक्तासँग एउटा निर्णय र प्रदेशलाई आर्को निर्णय पेश गरेर बजेट घोटला गरेपछि उनिहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा मुद्दा दार्ता भएको छ । आफूहरुलाई झुक्याएर प्रदेश सरकारको बजेट घोटला गरेको भन्दै उपभोक्ताहरुले आइतवार रकम फिर्ता गर्न माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।
‘इटहरी उपमहानगर वडा नम्बर ५ को समाज कल्याण टोल अनर्तगतको अतिरुपा मार्ग बनाउन प्रदेश सरकार बाट १६ लाख ५० हजार मात्र आएको र बाँकी उपभोक्ताहरुबाट उठाएर २४ लाख ९० हजारमा काम सम्पन्न गरेको ‘माइन्युट’ गराइयो’, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा विभिन्न सञ्चार माध्यमबाट प्रदेश सरकारले सडक बनाउन २४ लाख रकम उपलब्ध गराएको जानकारी पाएकाले उपभोक्ताको रकम फिर्ता गर्न माग गरिएको छ ।