धरानः धरान उपमहानगरपालिका वडा नं. १४ को पिण्डेश्वर मिन्दर जाने बाटोमा सम्बन्धित पक्षले ध्यान नदिँदा पहिरोले १ घर भत्काएकोे छ । ३ घरमा क्षति भएको छ भने ६ घर उच्च जोखिमा परेका छन ।
बाबा मार्ग मुनिको पिण्डेश्वरे खोल्साले घर तानेको हो । त्यो खोल्साले १ महिना अगाडीदेखि तान्न थालेपछि त्यहाका मानिसलाई अन्यन्त्र सारिएकोले मानवीय क्षति भने भएन ।
भत्किएको घर ३ वर्ष पहिले मात्र बनाएको थियो । सो घर भत्किदा करिव ३० लाख बराबर क्षति भएको घरधनि कमली माया लिम्बूले वताएकी छन । उनका अनुसार सरसामान पहिले नै सारिएको हुनाले अन्य क्षति भएन । घर बनाउदा ३० लाख जति लागेको वताएकी छन ।
१४ नं. वडाका सदस्य मन्जिल कसजू (श्रेष्ठ) ले पहिरोले तान्न थालेपछि इन्जिनियर सहित आएर मुल्याङ्कन गरेको वताएका छन । तर, वर्षाको समयमा रोकथामको काम गर्न नमिल्ने भएपछि अगाडी बढ्न नसकेको उनले बताए । माथिको पानीले असर नगरोस भनेर पालको व्यवस्थापन गरेर रोकथाम गरेको उनले बताए ।
घर भत्किएसँगै अन्य ३ वटा सो सडकमा पर्नेका घरहरु उच्च जोखिममा रहेका छन । माथिको घर झर्दा तल खोल्सा छेउको ५ वटा घरलाई क्षति पुग्ने सदस्य मन्जिलले वताए । अहिले उनीहरुलाई सतर्क बस्न आग्रह गरिएको छ ।
पहिरो जाने खतरा भएपछि ३ वटा घरका मान्छे पनि विस्थापित भएका छन । उनीहरुलाई पहिले नै सुरक्षित स्थानमा सारिएको सदस्यले मन्जिलले जानकारी दिएका छन । अहिलेपनि १ घरमा मान्छे बसिरहेको २ स्थानियले वताएका छन । घर भत्किने कमली माया लिम्बूले सरसामन गाउँका साथीहरुको राखेर दाजूको घरमा बस्दै आएको वताएकी छन । उनीहरुलाई भोली बैठक बसेर आवश्यक व्यवस्थापन गरिने वडा सदस्य मन्जिलले वताएका छन । अन्य ३ घर चर्किएकाले शर्तक भएर बस्न भनेको उनले बताए ।
डिगबहादुर भुजेल, दूर्गा भुजेल, जीवन राई, नीरकुमार बेगा खोलाको पहिरोको छेउमा घर भएकाले उनिहरु उच्च जाखिममा रहेको वडा सदस्यले बताए । सडक लाइनका चन्द्र बहादुर बस्नेत र राजेन्द्र बस्नेत रहेका छन । उनीहरुको घर ३ तल्लासम्मको रहेको छ । स्थानीय दूर्गा भुजेलका अनुसार धरान उपमहानगपालिाका प्रमुख र स्थानीय जनप्रतिनिधिले घटनास्थलको अवलोकन गरिसकेका छन् ।