बेलबारीः बेलबारी नगरपालिका नगरस्तरीय अनुगमन समितिले अनुगमन समिति संयोजक ढाका कुमारी पराजुलीसहितको टोलीले विभिन्न योजनाहरुको अनुगमन गरेको छ।समितिले वडा नं ३,४ र ११ स्थित जनता आवास कार्यक्रम र बेलबारी १ मा निर्माण गरिएको अस्थायी खोला तटबन्ध पर्क्युपाइनको अनुगमन गरेको छ। अनुगमन टोलीमा उपप्रमुखसहित अनुगमन समिती सदस्य बिन्दुकला गुरुङ,उदय राई,इन्जिनियरहरु बालकृष्ण निरौला,सव इन्जिनियर दयाराम आचार्य अशिस्टेन सव इन्जिनियर राजेन्द्र खवाससहितको उपस्थितिमा अनुगमन गरेको छ।

हामीले लकडाउनका समयमा समेत महामारीसँग जुध्दै अनुगमन र निरीक्षण कार्यलाई कडाइका साथ प्रभावकारी बनाएको उपप्रमुख पराजुलीले बताईन ।  समितीले मापदण्ड अनुरुप काम गर्ने उपभोक्ता तथा निर्माण व्यवशायीलाई गुणस्तरीय काम गरेकोमा धन्यवाद दिएको र गुणस्तरहीन काम गर्ने ठेकेदार एवम् निर्माण व्यवशायीहरुलाई विनियोजित रकम पुरापुर सदुपयोग गर्दै गुणस्तरीय निर्माण सामग्री प्रयोग गरि टिकाउ र अब्बल गुणस्तरीय काम गर्न सुझाव दिएको छ।

118771630_238051900858045_2349447857693238250_n
उपमेयर पराजुलीले नगरपालिकालाई समृद्ध बनाउन विकास र सुशासनको सवालमा नगरपालिकाले कसैसँग सम्झौता नगरी डर धम्की र कुनै प्रभावमा नपरीअगाडि बढेको र बढिरहने बताइन् ।
हामी इमानदार रक्षक र सेवक हौ।स्थानीय सरकार र जनप्रतिनिधिहरु नितिगत रुपमा सरकारको भूमिकामा रहि हर्दम इमानदार सेवक जस्तो भइ कुशल नेतृत्व प्रदान गर्नुपर्ने विषय आफुहरुले नभुलेको उनले बताइन् । नगरपालिकाले छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा,स्वास्थ्य सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै गर्दा अनुगमन कार्यलाई कडाइ गरेकै कारण अहिलेसम्म नगरपालिका भ्रष्टाचारमूक्त बन्न सफल भएको पनि पराजुलीले दावी गरिन् । नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाई जनताको करबाट सञ्चित बजेटलाई सही रुपमा सदुपयोग गर्नुपर्छ भनी आफूले दृढताका साथ काम गरिरहेको उनले बताइन् ।