धरानः गए राती निरन्तर वर्षा हुँदा मसाने खोलामा आएको बाढी गाउँ पस्दा धरान ५ माथिल्लो देउराली छेउको झोडापाटामा क्षती भएको छ ।
मसाने खोलाको तटबन्ध राम्रो नहुँदा र खोलाको बहाव क्षेत्र सानो हुँदा बाढी बस्ती पसेको स्थानियवासी गणेश वहादुर तामाङ्गले वताएका छन । बाढी खोलाको पुर्वपट्टि पसेको हो । बाढीले एउटा बस्तीमा नै क्षती पुगेपनि मानविय क्षती नभएको वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बुले जानकारी दिएका छन ।
धरान फुस्रेका १६ जनाको शसस्त्र प्रहरीको टोली र स्थानियवासीहरुको सहयोगमा खोलाको तटबन्ध निर्माण काम गरिएको छ । खोला बस्ती पस्दा स्थानियवासीको केहि घरमा क्षती पुगेको छ । रातीदेखि सामान्य बाढी आएपनि बिहान ५ बजेतिर ठुलो बाढी आएकोले मानविय क्षती हुन नपाएको स्थानिय सुरेन्द्र राईले वताएका छन ।
राती नै ठुलो बाढी बस्ती पसेकोे भए मानविय दुर्घट्ना हुने उनले बताए । मानविय क्षती नभएपनि त्यहाँका स्थानियसासीको सुगुर, कुखुरा लगायत अरु सामग्रीहरु वगाएर लगेको स्थानिय सम्झना बिश्वकर्माले वताएकी छन । उनको घरका अहिलेपनि पानी जमिरहेको हुनाले बस्ने अवस्था नभएको वताएकी छन । बिशेष गरेर टिनले बारेर र बाँसको चिमले बनाएको घरमा धेरै क्षती पुगेको छ ।
धरान हर्दिया कृषि सडक निर्माण गदाले गर्दा यता असर पुगेको अध्यक्ष सन्तोष लिम्बुले वताएका छन । उनले बाढीबाट के कति क्षती भएको पुर्ण विवरण नआएकोे वताएका छन ।