सङ्खुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिलिचोङ–२ दाङखिदाका ३० बर्षिय सुवास कुलुङ रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहन शम्सेर कुलुङले जानकारी दिए ।
घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० बर्षिय राईलाई आइतबार विहान साण्ढे ९ बजे खोलाले बगाएर बेपत्ता बनाएको वडाध्यक्ष कुलुङले बताए । माछा मार्न क्रममा सङ्खुवा खोलाले बगाएर बेपत्ता भएको राई खोजी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका राईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए । उनको आइतबार स्थानीयबासी र सिसुवा प्रहरी चौकीको टोलीले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकेको राईले बताए । खराव मौसमका कारण खोजी कार्यका समस्या भएका र सोमबार पनि खोजी कार्यजारी रहने राईले बताए ।