बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहाय १ सय १ परिवारलाई घर निर्माण गरिदिएको छ। अत्यन्तै कमजोर आर्थिक अवस्था भएका आफ्ना नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निशूल्क घर तयार गरिदिएको छ। बेलबारी नगरपालिका,सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरेको हो।
पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरु वडा नं ३,४ र ११ मा घरहरु निर्माण गरिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।पराजुलीका अनुसार वडा नं ३ मा ४० घर,वडा नं ४ मा २० ओटा,वडा नं ११ मा ४० ओटा र वडा नं १० मा १ गरि जम्मा १०१ वटा घरहरु बनेको पराजुलीले बताइन ।
नगरपालिकाले पहिलो चरणमा गरिव, असाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि निर्माण गरेका घरहरु बनाइरहँदा स्वयं लाभग्राहीहरु नै चिटिक्क परेका घरहरु निशूल्क पाउँदा निकै हर्षित भएका छन् । उनिँहरुले पटकपटक जनप्रतिनिधि र स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । यसर्थ पनि यो कार्यक्रम निकै प्रभावकारी छ। यस कार्यक्रमलाई नगरपालिकाले आउने बर्षहरुमा पनि निरन्तरता दिने उपमेयरले बताइन ।

1 (1) 118786356_702802643911575_4045172812802781454_n
जटिल आर्थिक अवस्था झेल्दै लामो समयदेखि घर बनाएर बस्न नसक्ने परिवारहरुलाई घर दिन सफल भएकोमा पराजुलीले खुशी समेत व्यक्त गरिन् । बेलबारी नगरपालिका र सहारा ह्याविटेड नेपालको त्रिपक्षीय लगानी सम्झौतामा निर्मित आवास नगरपालिकाको १लाख ५० हजार,सहारा नेपाल ह्याविटेड नेपालको १ लाख गरि जम्मा २लाख ५०हजार मा सम्पन्न भएका छन् ।
नगरपालिकाको स्टिमेट् अनुसार प्रत्येक घर बरण्डा र तीन ओटा कोठा र गाडा निलो रङ्को टिनको छानो रहेका छन ।सुरुमा सहारा नेपाल र ह्याविटेड नेपालसँग सम्झौता हुँदा त अढाई लाखमा कस्तो घर बन्ने होला भनेर खुब चिन्ता लागेको थियो। तर अहिले बनिसकेका घरहरु हेर्दा आनन्द लाग्छ,ताकि,यति सुन्दर घरहरु अढाई लाखमै बने।त्यसो त गुणस्तर र पारदर्शिताका लागि हामीले नगरपालिकाको पाटोबाट पटकपटक मिहिन ढंगले अनुगमन गर्यौँ,समिती,सहयोगी संस्थाले निगरानी गरिरह्यो, घरधनीहरु आफैँ लागेर फिनिसिङ र कलरमा विभिन्न डिजाइन गर्नु भा छ । सार्है आकर्षक देखिएको उपमेयरले बताइन । ।