इटहरी: नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला,विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार,मेयर द्धारिकलाल चौधरी लगायत जनप्रतिनिधि राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका विरुवा जोगाउन सके मात्र वृक्षारोपण सफल हुने वताए ।

उनले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गरे । विशिष्ठ अतिथि परियारले सम्वृद्धिलाई निष्कर्षमा पुरयाउन पुष्पलालले सिकाउनुभएको समन्वय र सहकार्यलाई ब्यवहारमा उर्तान सक्नुपर्नेमा जोड दिए । मेयर चौधरीले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूत हुने गरि काम भइरहेको प्रष्ट पारे ।

उनले मदन स्मृति दिवस,वीपीस्मृति दिवस र पुष्पलाल स्मृति दिवसका अवसरमा गाँउमा वनेका सडक किनारामा वृक्षारोपण गरिएको वताए । कार्यक्रम वडाध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको भएको थियो ।

यो पनि : ३८औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगर द्धारा वृक्षरोपण