कपिलवस्तुः प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा प्रहरीले शुक्रवार मध्यरातमा छापा हानेर दुई लाख २० हजार ६ सय ९० रुपैयाँ नगदसहित १२ जना जुबाडेलाई पक्राउ गरेको बताएको छ ।

लामो समयदेखि त्यहा जुवा संचालन भइरहेको गोप्य सुचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोलीले जुवाको खालमा छापा हानेको र  सो नगदसहित ६ बुक तास १५ वटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा–२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका–९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा–५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा–६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा–८ बोडगाउँका २२ वर्षीय अमित आचार्य छन् ।

त्यसैगरि बाणगंगा–८ धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा–११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका–९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा–८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा–६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन् । घटनामा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका  प्रहरी उपरिक्षक मनोहर भट्टले बताए।