इटहरीः उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुर र बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने उद्धेश्यले प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा २४ लाख बराबरका खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई संयुक्त रुपमा सो मुल्य बराबरको खाद्यन्न सामाग्री आज हस्तान्तरण गरेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनले अहिलेको विषम परिस्थितिमा सबैलाइ सुरक्षित रहन र लकडाउन लाई पुर्ण रुपमा पालना गर्न अनुरोध समेत गरेका छन् ।

91813999_687704918704923_1534013411615047680_n
घिमिरेका अनुसार मुख्यमन्त्री राईलाई हस्तान्तरण गरिएको २४ लाख बराबरको राहत सामाग्रीमा चामल, .दाल , नुन ,तेल , चाउचाउ र बिस्कुटको एक प्याक बनाइको छ । ती सामाग्री २१ सय परिवारलाई वितरण गर्ने गरि मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको घिमिरेले जानकारी दिए । एकद्धार प्रणालीबाट राहत वितरण गर्ने प्रदेश सरकारको निर्णय अनुसार ती राहत सामाग्री मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
सोही राहत सामाग्री मध्ये ३५० बोरा बिराटनगर महानगरका मेयर भिम पराजुलीलाई ,२०० बोरा दुहबी नगर मेयर बेदकुमार गच्छदारलाई ,१२५ बोरा बुढीगंगा गाउँपालिका र १२५ बोरा कटहरी गाउँपालिकाका प्रमुखहरु मार्फत तोकिएका बर्गलाई बितरण गर्ने गरि हस्तान्तरण गरिएको मुन्दडाले बताए ।

91779977_687704975371584_2631178634332733440_n