तरहराः इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा संचालित कामधेनु दूग्ध विकास सहकारी संस्थामा अनियमितता भएको भन्ने केही डिजिटल संचारमाध्यममा आएको समाचार प्रति सो सहकारीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो सहकारीले एक प्रेस विज्ञप्ती प्रकाशन गरि ध्यानाकर्षण भएको जनाएको हो । 

चैत्र २१ गते शुक्रबार ‘नेपाल न्युज र टाकुरा न्युज’ मा सहकारीले अनुदान वापत पाएको चार करोड अनियमितता भएको भन्ने समाचार बाहिर आएको विज्ञप्तीमा उल्लेख गरेको छ । सुनसरीको तरहरामा रहेको संस्थाले ‘यो खवर प्रति संस्थाको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सो सम्वन्धमा संस्थामा सरकारी अनुदान तथा कुनै पनि रकम अनियमितता भएको वा गरेको र गर्ने उद्घेश्य पनि राखिएको छैन ।’
हालसम्म सरकारी अनुदान निकासा हुने क्रममा मात्र रहेको सहकारीले जनाएको छ । रकमनै निकासा नभएको अवस्थामा अनियमितता भन्ने खबरले संस्थाका सदस्यहरुमा भ्रम सृजना गरिएको सहकारीले जनाएको छ । समाचारमा उल्लेख भए अनुसार अडियोको संम्वन्धमा संचालक समितीले यस अघिनै संम्बन्धित पक्षसंग विस्तृत अध्ययन गरि नियम अनुसार आवश्यक कार्वाही गरि सकेको सहकारीको भनाई छ ।
गलत प्रचारगरी संस्थाको अध्यक्षले केही स्वार्थ लिनका लागि रकम बढाउन लगाए जस्तो आशय गरी समाचार प्रकाशीत भएकोले संस्थाले दुःख प्रकट गरेको विज्ञप्तीमा भनिए छ । समाचारमा सत्यता नरहेकाले ग्राहक तथा सेयर सदस्यलाई भ्रममा नपर्न संस्थाले आग्रह समेत गरेको छ ।

Bigyapti  123