तरहरा /  एक हुल स–साना नानीहरुको ताँति छ । हातमा हरियो रुख जस्तै देखिने वस्तुको आकार प्रकार, परबाट हेर्दा लाग्छ रुखको सानो विरुवा नै हिडिरहेको छ कि ! दुरुस्तै विरुवाको आकार बनाइ जिउ, टाउको तथा हातमा हरियो कागजले बेरेर विद्यार्थीहरुले रुखको महत्व झल्काइरहेका थिए ।
यो कुुनै नाटकको दृष्य नभइ सुनसरीको इटहरी २० स्थित तरहराको किड्स ह्याप्पी होमका विद्यार्थी रहेका थिए । विश्व वातावरण दिवसको अवसरमा वालवालिकालाइ सानै देखि प्रकृतीको महत्वबारे जानकारी दिने उदेश्यले विद्यार्थीलाई तरहरा बजार परिक्रमा गराइएको हो ।

34415230_10216635091892349_1028926636289949696_n
आज विश्व वातावरण दिवस, विश्वभर प्रकृती संरक्षणका विभिन्न कार्यक्रम भइरहेका छन् । भावि पुस्ताका लागि प्राणीजगतको सुन्दर घर पृथ्वि जोगाउने अनेक कार्यक्रम भइरहेका बेला किड्स ह्याप्पीहोमले पृथक कार्यक्रमको आयोजना गरेको हो ।
विद्यार्थीहरुलाइ प्राकृतीक सम्पदाको महत्व बुुझाउन आँफैलाइ रुखसँग तुलना गरि जीवन र वृक्षको सम्बन्ध नजिकबाट बुुझाउन खोजिएको ह्याप्पी होमकी प्रिन्सिपल रिता आचार्यले जानकारी दिइन । ‘बाल मस्तिष्कमा वातावरणका महत्व बुुझाउन सकिए भोलीका लागि पनि पृथ्विको स्याहारमा ध्यान पुुग्छ’, उनले भनिन– ‘प्रकृती र मानिस बिचको सम्बन्धका बारे बालबालिकालाइ आजै देखि जानकारी दिन सक्नुुपर्छ ।’

34506986_10216635091732345_5533307698600214528_n
विद्यालयका १ सय बढि विद्यार्थी सचेतनामुलक कार्यक्रम तथा वृक्षारोपणमा सहभागी भएका थिए । विद्यार्थीलाई केहि अभिभावक तथा शिक्षकहरुले पुुर्ण सहयोग गरेका थिए ।

34413068_10155740449518517_4640922157164003328_n