इलामः पूर्व प्रधानमन्त्री झलनाथ खनालले कुटनीतिक र राजनीतिक पहलबाट अतिक्रमणमा परेको भूमी फिर्ता गर्न सरकार लागि परेको दावी गरेका छन् । नेपालले अहिलेसम्म सीमाना अंकित गर्न नसक्नु दुखद भएको भन्दै अव कुटनीतिक पहलबाट समाधान गरीनस पर्ने बताएका हुन । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा पाँच दिने सूर्योदय महोत्सवको समापन कार्यक्रमको संवोधन गर्दै उनले सिमाना एकिन गरिनुपर्ने बताए । उनले नेपाल भारत सिमानामा भारतले अतिक्रमण गरेको भूमी कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताए । अतिक्रमीत भूमिका विषयमा एतिहासिक रुपमा राष्ट्रिय एकता कायम भएको छ, हामी एक भयौ भने मात्रै अतिक्रमित भूमी फिर्ता ल्याउन सक्छौ’, खनालले भने हामी एक भयौ भने सार्वभौम, अखण्डता र एकता जोगाउँन सक्छौ ।
नेता खनालले भारतले मुलुकको नयाँ नक्सा जारि गर्दा नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्सामा पारेर नेपालप्रति आघात पु¥याएको बताए । ‘भारतले सीमा मिचेर हामीलाई आक्रान्त पारेको छ, लिम्पियाधुरा लिपुलेक कालापानी मात्रै होइन भारतले अनेकन ठाउँमा सीमा अतिक्रमण गरेर हामीलाई आघात पु¥याएको छ ।’
नेता खनालले अतिक्रमित भुमी आज भोलीनै किन फिर्ता भएन भनेर कतिपयमा हुटहुटि हुनसक्ने भन्दै त्यसलाई आपत्तिका रुपमा लिन नहुने बताउदै कुटनीतिक र राजनीतिक पहलबाट अतिक्रमणमा परेको भूमी फिर्ता गर्न सरकार लागि परेको दावी गरे । संसारको दुईसय भन्दा बढि मुलुकहरुले आफ्नो सीमाना अंकित गरिसकेको बताउँदै नेपालले अहिलेसम्म सीमाना अंकित गर्न नसक्नु दुखद भएको बताए ।
नेकपा बरिष्ठ नेता खनालले नाकावन्दीको युग पूर्ण रुपमा समाप्त भएको बताएका छन् । नेपालले पटक पटक खेप्नु परेको नाकावन्दीको युग समाप्त भएको खनालको भनाई छ । भारतले पेट्रोलियम पदार्थ मात्रै रोक्दा मुलुकमा नाकावन्दी हुनेगरेको स्मरण गर्दै खनालले अमलेखगञ्ज मोतिहारी पाइपलाइनको निर्माणले नाकाबन्दी गर्दा समेत पेट्रोलियम पदार्थ बन्द नहुने अवस्था बनेको बताएका हुन् । ‘पहिलेका सरकारले दक्षिणतिरको मात्रै ढोका खोलेका थिए, नेकपाको सरकारले दक्षिणमात्रै होइन उत्तरतिरको पनि ढोका खोलेको छ’, खनालले भने,‘मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौमिताको लागि दक्षिणतिर मात्रै होइन, उत्तरतिरको पनि ढोका खोलिएको हो ।’ सरकाले चीनतिरबाट सडक, रेलवे, विद्युतीय लाईन र हावाई क्षेत्रमार्फत कनेक्टिभिटी बढाउँदै लगेको बताएका छन् ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता खनाले नेपालमा पर्यटनका अथाहा सम्भावना रहेको बताएका छन् । ‘मैले संसारका थुप्रै ठाउँहरु देखेको छ, म जन्मिएको हुर्केकोे कारणले भनेको होइन नेपालभन्दा सुन्दर देश कहि छैन’, उनले थपे,‘नेपालमा पनि इलाम सवैभन्दा सुन्दर जिल्ला हो ।’ ति ठाउँहरुले विकास र सक्रियतालाई पर्खेर बसेको उनको भनाई छ । सभापन कार्यक्रममा प्रदेश सांसद काजिमान काजते, संविधानसभा सदस्य सूर्यबाला राई, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली, दुर्गा बराल लगायतले बोलेका थिए । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गादेवी भट्टराईले शुभकामना मन्तब्य व्यक्त गरेकी थिइन् ।